शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
इतिहास रच्दै मुम्बईले जित्यो आइपिएलको उपाधि
जेठ ८, २०७४ | सरगम खबर समाचारदाता

काठमाण्डौँ , ८ जेठ २०७४। इन्डियन प्रिमियर लिग आइपिएलको दशौँ संस्करणको उपाधि मुम्बई इन्डियन्सले जितेको छ । आइतबार राति सम्पन्न निकै रोमाञ्चक खेलमा मुम्बईले राइजिङ पुणे सुपरजाइन्ट्सलाई १ रनले पराजित गरेको हो । १ सय ३० रनको विजयी लक्ष्य पक्ष्याएको पुणे निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २९ रनमा समेटियो ।पुणेको लागि कप्तान स्टेभन स्मिथले ५१ रनको अर्धसतकिय पारि तथा आजिङ्क्य राहनेले ४४ रनको योगदान गरेपनि टिमको हार टार्न भने सकेनन् । पुणेका महेन्द्रसिंह धोनीले १० रन बनाए । 

बलिङतर्फ मुम्बईका मिचेल जोनसनले तीन विकेट लिए । कसिलो बलिङ गरेका जोनसनले ४ ओभरमा २६ रन खर्चिए । त्यस्तै मुम्बइका जस्प्रिट बुम्राहले दुई विकेट लिए । उनले पनि ४ ओभरमा २६ रन खर्चिए । राजिव गान्धी स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२९ रनको मध्यम योगफल तयार पारेको थियो । मुम्बइका लागि क्रुनल पान्ड्याले ३८ बलमा ४७ रनको योगदान गरे भने कप्तान रोहित शर्माले २४ रनको योगदान गरे । ३८ बलमा महत्वपूर्ण ४२ रन बनाएका क्रुनल पाण्ड्या म्यान अफ दि म्याच घोषित बने । 

योसँगै मुम्बई इन्डियन्सले तेस्रो पटक आइपिएलको उपाधि जित्न सफल भएको छ । आइपिएलको इतिहासमै एउटा टिमले दुई पटकभन्दा बढी उपाधि जित्न सकेको थिएन । यसअघि मुम्बईले सन् २०१३ र सन् २०१५ मा आइपिएलको उपाधि जितेको थियो । 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.