शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
निर्वाचनको विरोधमा राजपा नेपाल द्वारा लाठी जुलुस प्रर्दशन
जेठ १४, २०७४ | सरगम खबर समाचारदाता

रुनकेश कुमार कामती - 
सिरहा, १४ जेष्ठ । राष्ट्रिय जनता पार्टी नेपालले तराई मधेशका सम्पूर्ण जिल्लाको सदरमुकाम सहित विभिन्न क्षेत्रमा लाठी जुलुस प्रदर्शन गरेको छ । यसै बीच  सदरमुकाम सिरहा सहित लहान ,गोलबजार ,धनगडी ,मिर्चैयामा लाठी जुलुस प्रदर्शन गरिएको छ। सिरहाको सहिद राजेश ठाकुर पार्कवाट सुरु भएको लाठी जुलुस क्याम्पस गेट, हेमनारायण चोक, ईमली चोक, महावीर चोक हुँदै मखनाहा चोक सम्म पुगेको थियो ।स्थानीय चुनाव धोका हो भन्ने नारा लगाउँदै राजपाका सयौं नेता कार्यकताहरुले मोटरसाइकलमा चढेर लाठी जुलुस प्रदर्शन गरेका हुन् । लाठी जुलुस पश्चात भएको कोण सभामा बोल्दै राजपाका सह महामन्त्री सुरेश मण्डलले संविधान संशोधनको माग गर्दै आन्दोलन घोषणा गरेको राजपा नेपाल यथास्थितिमा निर्वाचन हुन नदिने बताउँदै स्थानीय निर्वाचन धोका भएको बताए । मशाल जुलुसबाट आन्दोलन सुरु गरेको राजपाले पहिलो चरणमा अगामी जेठ १८ र १९ गते सम्मको लागि आन्दोलन घोषणा गर्दै प्रदर्शनमा उत्रेको हो ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.