शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सप्तरीमा एक जनाको रहस्मय हत्या
जेठ १४, २०७४ | शुभ नारायण यादव

शुभ नारायण यादव - 
सप्तरी, १४ जेठ । सप्तरीको हर्दिया कटैया स्थित पुर्णिमा ईटा भटामा कार्यरत एक कर्मचारीको शनिबार रात्ति रहस्यमय हत्या भएको छ ।जिल्लाको १ न.जोगिनिया गाबिस वडा न. ७ साबकिको हाल हनुमाननगर कंकालिनी नगरपालिका निवासी अन्दाजी ४० वर्षिय तेज नारायण बनबरिया यादवको रहस्यमय तरीकाबाट हत्या गरीएको अवस्थामा शव फेला परेको परिवारजनले बताएका छन । विगत ३ महिनादेखि यादव सो ईटा भटामा कार्यरत रहेको तथा शनिबार रात्ति करिब १ बजेतिर यादवको मृहत अवस्थामा शव फेला परेको पिडितका परिवारजनलाई उद्धित गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।मृतकको शरीरको विभिन्न स्थानमा गम्भिर चोट लागेको अवस्थामा फेला परेको परिवारिक श्रोतले जनाएको छ । मृतकका परिवारजनका अनुसार मृतक यादवलाई कसैले ब्यक्तिगत रिसिभिका कारणले हत्या गरीएको हुन सकिने अनुमान गरिएको छ । 

यता मृतकको शव हाल पोष्टमार्टमसका लागि राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा राखिएको तथा घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख एसपी अनुराग द्धिवेदीले जानकारी दिनुभयो । यादवको हत्या गरिएको भनि मृतकका परिवारजनले दाबी गरीरहेको सम्बन्धमा एसपी द्धिवेदीले पोष्टमार्टमसको रिपोर्ट नआएसम्म केही भन्न सकिने बताउनुभयो । 

यसैबिच मृतकका परिवारजनले राजविराजमा पोष्टमार्टमस नगरी धरान अथवा विराटनगरमा गर्नुपर्ने तथा हत्या गरीएका युवकको घटनाको विस्तृत अनुसन्धान गरी दोषीमाथि आवश्यक कार्बाही गर्नुपर्ने माँग समेत गरेका छन ।मृतक यादवको एक श्रीमति र १० वर्षिय छोरा समेत रहेका छन ।

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.