शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
राजपा नेपालद्धारा बृहत लाठी जुलुस प्रदर्शन
जेठ १४, २०७४ | शुभ नारायण यादव

शुभ नारायण यादव - 
सप्तरी, १४ जेठ । बिना संविधान संशोधनको गर्न लागेको दोश्रो चरणको चुनावको बिरोधमा आईतबार राजविराजमा राष्ट्रिय जनता पार्टी नेपालले बृहत लाठी जुलुस प्रदर्शन गरेको छ ।राजविराज स्थित शिब मन्दिरको प्राङ्गणबाट सयौंको सहभागितामा निकालिएको बृहत लाठी जुलुस नगरको विभिन्न भागको परिक्रमा पश्चात जनआन्दोलन चौकमा पुगेर विरोध सभामा परिणत भएको थियो । राजपा नेपालका जिल्ला संयोजक सुनिल कुमार झाको नेतृत्वमा निकालिएको सो बृहत लाठी जुलुसमा राजपा नेपालका मृगेन्द्र कुमार सिंह यादव ,गजेन्द्र कुमार मण्डल ,सतिश कुमार सिंह ,दिनेश कुमार यादव ,दिपेन्द्र चौधरी ,रामप्रित यादव ,अमरनाथ मण्डल ,किशोर कुमार यादव केसी ,अशोक कुमार यादव ,लक्ष्मण यादव ,नरेन्द्र यादव ,निरज मुक्ति ,महिला नेतृहरु पुनम यादव ,साधना झा ,रमिला साह सहित सयौं नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.