शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
टाइलेंट हन्ट एण्ड प्यारेन्ट्स मिट कार्यक्रम सम्पन्न
जेठ १८, २०७४ | सरगम खबर समाचारदाता

लहान २०७४ जेठ १८ गते -
सिरहाको लहानमा अवस्थित एभरेष्ट एजुकेशनल एकेडमीमा टाइलेंट हन्ट एंड प्यारेन्ट्स मिट कार्यक्रम बुधबार सम्पन्न भएको छ I प्रतेक वर्ष हुदै आइरहेको उक्त कार्यक्रममा कक्षा नर्सरी देखि ६ सम्मका स-साना वालवालिकाहरुले निर्त्य , वक्तित्वकला , गायन , कविता वाचनमा प्रतिस्पर्धा गरेका थिए । एभरेष्ट एजुकेशनल एकेडमीका अध्यक्ष संजय राज शर्माको अध्यक्षता तथा लहान स्रोत केन्द्रका स्रोत व्यक्ति भोगेन्द्र यादवको प्रमुख आतिथ्य र एभरेष्ट एजुकेशनल एकेडमीका व्यवस्थापन समिति सदस्य तथा समाजसेवी प्रमोद ठाकुरको विशिष्ठ आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा गायन प्रतियोगितामा सहभागी १० जना मध्ये  सपना साफी ,अभिषेक यादव र आयुषा चौधरी उत्कृस्ट , निर्त्यमा सहभागी ४ समुह मध्ये पुनिका शर्मा समुह उत्कृस्ट त्यस्तै कविता प्रतियोगितामा सहभागी ४ जना मध्ये सरोजकुमार सिंह उत्कृस्ट भएका छन् भने वक्तित्वकलामा सहभागी ४ जना मध्ये विज्ञता दहाल उत्कृस्ट भएकी छिन। 

कार्यक्रमा एकेडमीका चिफ धरणीधर अधिकारीले आफ्नो मन्तव्य दिदै उपस्थित अभिभावकहरु संग एकेडमीका बारेमा सल्लाह सुझाव मंग्दै उपस्थित सम्पूर्ण अतिथिहरुमा आभार प्रकट गरेका थिए।त्यस्तै उत्कृस्ट भएका वालवालिकाहरुलाई उज्वल भविष्यको शुभकामना दिदै एकेडमीका प्रिन्सिपल चक्र्पानि दहाल , प्रमुख अतिथि भोगेन्द्र यादव , शोभा रोनियार , यमुना कोइराला , रिमा जोशी , संजय राज शर्मा र अतिथि शेख मिडिया हाउस प्रालिका संचालक तथा रडियो सरगमका म्यानेजर फिरोज शेखले पुरस्कार वितरण गरेका थिए । त्यस्तै कार्यक्रममा स्वागत मन्तव्य चक्रपाणि दाहालले दिनुभएको थियो भने उद्घोषण रमिता नेपाल र विजय मुक्तान्ले गर्नु भएको  थियो । 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.