शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सप्तरीमा मतपत्र रुजु गर्ने काम सम्पन्न
जेठ २२, २०७४ | शुभ नारायण यादव

शुभ नारायण यादव - 
सप्तरी, २२ जेठ ।
सप्तरीमा स्थानिय तहको निर्वाचनका लागि निर्वाचन कार्यालयले मतदाता शिक्षा सुरु गरेसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालयले पनि मतपत्र रुजु गर्ने काम सम्पन्न गरेको छ भने कर्मचारी छनौठ प्रक्रियालाई तिब्रता दिएको छ । मुख्य निर्वाचन अधिकृत जिल्ला अदालत राजविराजका मुख्य न्यायाधिश सारदा प्रसाद कोइरालाले सप्तरीको १७ वटै स्थानिय तहका लागि पठाइने मतपत्र रुजु गरिसकिएको जानकारी दिनुभयो । उहाँले सो मतपत्रहरु रुजु गर्न सात दिनको समय लागेको बताउँनुभयो । 

यस्तै उहाँले मतदाता रुजु गरिसकेपछि कर्मचारीहरुको छनोटका लागि कार्य प्रारम्भ समेत गरिसकेको जानकारी दिनुभयो । सम्पूर्ण कार्यालयहरुबाट कर्मचारीहरुको सूची आइसकेको बताउँदै १७ वटै स्थानिय तहका लागि २ हजार ७ सय कर्मचारी आवश्य पर्ने जानकारी दिनुभयो । कर्मचारी छर्नौट गर्ने क्रममा मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा अन्य कर्मचारी छनौटको कार्य पनि तीन चार दिनमै सम्पन्न भइसक्ने उल्लेख गर्नुभयो । सप्तरीमा १७ वटा स्थानिय तहका लागि २ सय ९२ मतदान स्थल अन्तरगत ४ सय ६१ मतदान केन्द्र तोकिएको छ । जसमा जिल्लाका २ सय ८६ मतदान स्थललाई सरकारले संवेदनशिल र ६ स्थललाई अत्यन्त संवेदनशिल केन्द्रको सूचीमा राखेको छ । यसअघि जिल्ला निर्वाचन कार्यालय सप्तरीले जेठ ५ गतेदेखी ४ सय ६१ कर्मचारीहरु मार्फत मतदाता शिक्षा कार्यक्रम संचालन गरिरहेको छ । 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.