शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
हस्तीका पोलिक्लिनिक द्वारा निःशुल्क स्वास्थ्य शिविर
जेठ २३, २०७४ | फिरोज शेख

फिरोज शेख , लहान २०७४ जेठ २३ - 
सिरहाको लहानमा विश्व वातारण दिवसको अवसरमा स्त्री तथा प्रसुती, जेनरल फिजिसियन, बालरोग तथा हाडजोर्नी रोग सम्बन्धी १ दिने निःशुल्क स्वास्थ्य शिविर सोमबार सम्पन्न भएको छ । हस्तीका पोलिक्लिनिक एण्ड डायगनोस्टिक सेन्टर प्रालि लहान ३ को आयोजना तथा विराट मेडिकल कलेज टिचिङ्ग अस्पतालको सहयोगमा भएको शिविरबाट विभिन्न रोग सम्बन्धी समस्या भएका २३५ जना महिला बालबालिका वृद्धवृद्धाले स्वाथ्य जाँच गराएका छन् । शिविरमा टिचिङ्ग अस्पतालले प्रत्येक विरामीलाई ६ जना परिवारको लागि सहुलियत कार्ड उपलब्ध गराएका छन् । कार्डबाट उक्त परिवार बाट अस्पतालमा जाँच गराउने विरामीलाई औषधी लगायत विभिन्न जाचमा १० देखि २५ प्रतिशतसम्म सहुलियत दिने हस्तीका पोलिक्लिनिक एण्ड डायगनोस्टिक सेन्टर प्रालिका संचालक रोशन कुशवाहाले जानकारी दिए। 

शिविरमा चेकजाच गराएका २३५ जना मध्ये महिला १४५ ,पुरुष ७५ र वालबालिका १५ जना रहेका छन्। शिविरमा टिचिङ्ग अस्पतालका स्त्री तथा प्रसुती रोग विशेषग डा. अमित देव, वालरोग विशेषज्ञ डा. तृप्ति अग्रवाल , हार्डजोर्नी तथा नशारोग विशेषज्ञ डा. शुभाष झा , जेनरल मेडिसिन डा.रजनिस झा संगै सगरमाथा अञ्चल अस्पताल राजविराजमा कार्यरत जेनरल फिजिसियन डा.सरोज अधिकारीले विरामीहरुको चेकजाँच गरेका थिए । शिविरबाट सिरहा , सप्तरी , उदयपुर , धनुषा , लगायत भारत बिहारको लौकहा आसपासमा बसोबास गर्ने ग्रामिण तथा शहरी क्षेत्रका सर्वसाधारण लाभान्वित भएका छन्। शिविरमा अति आवश्यक औषधी समेत निःशुल्क वितरण गरिएको थियो।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.