शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
प्रधानाध्यापकद्वारा बालिका बलात्कृत , आरोपित पक्राउ
जेठ २३, २०७४ | फिरोज शेख

फिरोज शेख लहान २०७४ ,जेठ २३ - 
लहान १८ स्थित रहेको श्री राजाजी बाबा आधारभूत विद्यालय भदैयाका प्रधानाध्यापक वैधनाथ चौधरीले १४ वर्षिया बालिका बलात्कार  गरेको खुलासा भएको छ । बालिका  त्यहि विद्यालयमा कक्षा ६ मा अध्ययनरत रहेकी छिन । कहिले काहि वेहोस हुने गरेकी ति वालिकालाई विद्यालयमा चन्दा लगाएर उपचार समेत गराइ दिएको प्रधानाध्यापक चौधरी पटक पटक यौन शोषण गर्दै आईरहेको थियो । २१ गते राती १० वजेतिर मोवाईलमा फोन गरि पकडिया गढको फूलवारीमा रहेको फूस घरमा लगी दुई पटक करणी गरेर वेहोस अवस्थामा छोडेर नै राती प्रधानाध्यापक चौधरी घर फर्केको पिडित वालिकाले बताएकी छिन  । पिडित वालिकाका अनुसार राती मलाई औषधी ल्याई दिएको छु लिन आउनु भनेर वोलाएर प्रधानाध्यापक चौधरीले लछार पछार गरी करणी गर्न थालेपछि म कराउन खोज्दा ज्यान समेत मारि दिने धम्की दिएको वालिकाले रुदै पिडा सुनाईन। 

२२ गते सोमवार विहान छोरी घरमा नरहेको थाहा पाएपछि आमा  प्रधानाध्यापक चौधरीको घर सम्म खोज्न जादा अतोपतो नपाएको यताउति खोजतलास गरिरहेकै वेला आफै ८ वजेतिर घर आईपुगेकी वालात्कृत वालिकाले आफूसंग प्राधानाध्यापक चौधरीले वालात्कार गरेको पोल खोलेपछि ईलाका प्रहरी कार्यालयमा उजुरी दिन आएका स्थानीयहरुले आक्रोस पोख्दै पटक - पटक छात्राहरुसंग यौन दुव्र्यवहार गर्ने प्रधानाध्यापक चौधरीमाथि कावाही हुनु पर्ने स्थानीय चन्द्रिका देवी मण्डल लगायका महिलाहरुले आक्रोस पोखेका छन्। 

यसै बीच ईलाका प्रहरी कार्यालयका पडिएसपी हिरा वाहादुर पाण्डेले वालिकामाथि भएको वालात्कारको प्रकृति अनुसार आएको उजुरी पाउने वित्तिकै प्रधानाध्यापक चौधरीलाई सोमबार राती ९:३० बजे नियणत्रणमा लिएर थप अनुसन्धान गरिरहेको सहकर्मी जिवछ उदासीले जानकारी दिएका छन् । 

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.