शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
प्रचार प्रसारलाई तिव्रता दिदै ,लहानको विकास र समृद्धिको पक्षमा रहेको
जेठ २४, २०७४ | सरगम खबर समाचारदाता

लहान २०७४ जेठ २४ - 
नेकपा एमाले लहान नगरपालिकाको चुनावी प्रचार-प्रसारलाई तिव्रता दिदै आफनो गढ भएका वाडाहरुलाई मजवुत वनाउदै अरु दलको गढ भएको वाडा भत्काउदै लहान नगरपालिकामा एमाले चुनावी परिणाम आफनो पक्षमा ल्याउन त्यस पार्टीका नेता तथा कार्यकर्ता जोरतोरका साथ लागेका छन । लहानको समृद्धि र विकासको नारा सकार पार्ने काम एमाले वाहेक अरु दलले गर्न नसक्ने दाबि समेत गरेका छन । बैशाखको दोश्रो हप्तादेखि लहानको उत्तरी भेगका विकट वाडा भसुवा बरादमारवाट थालेको चुनावी सभा दक्षिणी भेगका गढा २३ मा समेत सम्पन्न गरि मंगलवार  पहिलेको वस्तीपुरगाविस अहिलेको लहान १३ मा भव्य चुनावी सभा सम्पन्न गरेको छ । 

सभामा नेकपा एमालेको केन्द्रिय सदस्य तथा लहान नगर पालिका निर्वाचन परिचालन कमिटिको संयोज समेत रहनु भएको गंगा प्रसाद यादवले सम्वोधनको क्रममा भन्नुभयो, एमाले लहान नगरपालिकामा विजय उन्मसख भईरहेको छ । एमालेको कार्यकर्ता नेताहरुले आफनो पुरानो गढ मजवुत बनाउदै विगतको चुनावमा कमजोररहेको वाडाहरुलाई आफनो पक्षमा पार्न एमालेको नेता कार्यकर्ताहरुले अन्य दलहरुवाट फैलाएकोृ भ्रम चिरेर अघि वढनुपर्नेमा जोड दिनुभयो । एमालेले २०५४ सालमा लहानको विकासको टेलर देखाई सकेकोले यस पटक जनता त्यो फिल्म हेर्न आतुर रहेकोले एमालेको जित सुनिश्तिच हुँदै गएको उहाँले दावी गर्दै वाघलाई विरालो र विरालोलाई वाघ वनाउने पार्टी एमाले भएकोले एमालेको विरोधीहरु जति सतोसराप गरेपनि जनताको दिल दिमागमा पसेकोले मधेशको जिल्लाहरुमा समेत एमाले पहिलो पार्टी हुने दृढता व्यक्त गर्नुभयो ।  

नेकपा एमालेको तर्फवाट मेयरको उम्मेदवार मुनि साहले भन्नुभयो, अरु दल दिनभरि चिया पसलमा गफ चुटन माहिर हुन सक्छ तर नेकपा एमाले लहानको विकास र समृद्धिको लागि हरेक पल योजना वनाउन व्यस्त रहेको छ । मैले सिवकासका ढोकाहरु २०५४ सालमा मेयर हुँदा खोलि सकेको छु । त्यहि विकासलाई गनतव्यमा पुरयाउन तत्पर रहने भन्दै लहानको जनताको चाहना पुरा गर्ने पार्टी एमाले नै भएकोले यस पटक पनि जनताको साथ पाउनेमा आफू ढुक्क रहेको जिकिर गर्नुभयो । सभामा उपमेयरको उम्मेदवार सिरयार चौधरी र वैकल्पिक केन्द्रिय सदस्य रामरति राम अरु दलको महिला जस्तो उधारो उपमेयरको उम्मेदवार एमालेले नखोजी संघर्ष र महिला अधिकारको क्षेत्रमा सधै काम गर्दै आईरहेको उम्मेदवारलाई नै चयन गरेको विश्वास व्यक्त गर्दै दाईजो प्रथा अन्तय गर्न र भेदभावमुक्त समाज निर्माणको साथै गरीव किसानको पक्षमा एमाले दत्तचित्त भएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सभामा नेकपा एमालेको शहरी विभागको केन्द्रिय सदस्य राजेन्द्र चौधरी र एमालेको यूवा नेता कमल यादवले यस पटक एमाले लहान नगरपालिकामा विकासको मूल फुटाउन विकास प्रेमी उम्मेदवारहरुलाई अघि सारेको धारणा राखेको सहकर्मी जिवछ उदासीले जानकारी दिएका छन्। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.