शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
स्थानीय तह निर्वाचन सम्बन्धी अन्तरक्रिया सम्पन्न
जेठ २५, २०७४ | सरगम खबर समाचारदाता

रुनकेश कुमार कामती - 
सिरहा, २५ जेष्ठ । स्थानीय तह निर्वाचन २०७४ सम्बन्धी सरोकार वालाहरु संग जिल्ला निर्वाचन कार्यालय सिरहाले एक दिने अन्तरक्रिया कार्यक्रम बुधबार सम्पन्न गरेको छ । स्थानीय तहको दोस्रो चरणको निर्वाचन कार्यक्रमको लागि मतदान सम्बन्धमा सरोकार वालाहरु लाई निर्वाचन आचारसंहिता, मतदान स्थलको वातावरण, बदरमतको संख्या कमगर्नमा गैर सरकारी संस्था तथा राजनीतिदलहरुको समेत सक्रियताको लागि निर्वाचनको ९ खुडकिलाहरु मनोनय दर्ता देखि मतदान गर्ने सम्म तथा जनशक्ति व्यवस्थापन समेतको लागि एक दिने अन्तरक्रिया सम्पन्न भएको छ ।  

उक्त कार्यक्रम जिल्ला निर्वाचन कार्यालय सिरहाका प्रमुख इन्दिरा यादवको अध्यक्षतामा प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठ तथा अतिथीहरुमा जिल्ला शिक्षा अधिकारी अरबिन्द्र लाल कर्ण, सिरहा प्रहरी प्रमुख शेखर कोइराला, सशस्त्र प्रहरी प्रमुख, नेपाल पत्रकार महासंघ सिरहा शाखाका सभापति देव कुमार यादव, राजनीतिक दलका प्रतिनिधी, बुद्धिजिवी, समाजसेवी लगायतको उपस्थिती रहेको थियो ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.