शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
राजपाका कार्यकर्ताले तराई-मधेसमा दिउँसै बाले आगो , मंगलबार देखि चारदिन
जेठ २९, २०७४ | फिरोज शेख

फिरोज शेख लहान २०७४ जेठ २९ - 
राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरुले सोमवार सिरहा सदरमुकाम सिरहा सहित लहान,धनगडी ,गोलबजार ,मिर्चैया लगायतका क्षेत्रमा मसाल जुलुस निकालेका छन् । संविधान संशोधन नगरी दोस्रो निर्वाचन गर्न लागेको भन्दै राजपाले चुनावमा भाग नलिने घोषणा गरेको छ । संविधान संशोधन र स्थानीय तहको संख्या थप नगरेसम्म निर्वाचनमा सहभागी नहुने राजपाले बताउँदै आएको छ ।

सोहि घोषणा अनुसार राजपाका कार्यकर्ताले तराइ -मधेशका जिल्लाहरु सिरहा ,जनकपुर , जलेश्वर ,सप्तरी  , मलंगवा लगायतको स्थानमा मसाल जुलुस निकालेका हुन् । मसाल जुलुसमा राजपाका दर्जनौ नेता तथा कार्यकर्ता सहभागी भएका थिए । धेरै जसो कार्यकर्ताले हातमा राँको बोकेका थिए । मसाल जुलुसमा सहभागी भएका आन्दोलनकारीले बजारको परिक्रमा गरी जनआन्दोलन चोकमा पुगी कोणसभा गरेका थिए । 

यसैबीच राजबिराजमा निकालिएको मसालजुलुसमा राजपाका  नेता मनिषकुमार सुमन, जयप्रकास ठाकुर मृगेन्द्रकुमार सिंह यादव लगाएका जिल्ला स्तरका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । राजपाले आइतबार पत्रकार सम्मेलन गरी १४ असारको मतदानलाई प्रभाव पार्ने गरी आन्दोलनका कार्यक्रमको घोषणा गरेको थियो । राजपाले १० असारदेखि अनिश्चितकालीन आमहडताल आह्वान गरेको छ ।  असार २ गते हुने मनोनयन दर्ताको दिन लिम्बुवान, मधेस र थरुहट क्षेत्र बन्द गर्ने निर्णय गरेको छ। यस्ता छन् आन्दोलन कार्यक्रम २९ जेठ मसाल जुलुस, ३० जेठदेखि २ असारसम्म लिम्बुवान, थरुहट र मधेस बन्द ,१ असारमा विरोध प्रदर्शन , २ असारमा स्थानीय तहको कार्यालयमा तालाबन्दी, ३ र ४ असारमा सहिदको तस्बिर प्रदर्शन गर्ने,५ असारमा लाठी जुलुस,८ असारमा मोटरसाइकल र्‍याली,९ असारमा सबै जिल्लामा मसाल जुलुस, १० असारदेखि अनिश्चितकालीन आमहडताल रहेका छन्।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.