शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
राजपाका कार्यकर्ताहरु म्याकिंग गरि बजार बन्द गराउदै
जेठ ३०, २०७४ | फिरोज शेख

फिरोज शेख लहान २०७४ जेठ ३० - 
स्थानीय निर्वाचनको विरोध गर्दै आएको राष्ट्रिय जनता पार्टी नेपालको आह्वानमा भएको बन्दका कारण सिरहा सहित तराइ मधेशका सम्पूर्ण जिल्लाहरु ठप्प भएका छन्। पुर्व बाट चल्ने लामो तथा छोटो दुरीका सवारी साधन सहित स्कुल, बजार सहित सबै सरकारी तथा गैर सरकारी संघ संस्थान ठप्प भएको छ।

सरकारसँग विभिन्न चरणमा भएको सम्झौता कार्यान्वयन र अधिकार प्राप्तिको लागि आन्दोलनमा शहीद भएकाहरुको मुद्दा सम्बोधन तथा संविधान संसोधन    नभएसम्म  निर्वाचनमा नजाने भन्दै राजपाले गरेको बन्दका कारण सिरहा सहित तराइ -मधेशको जनजीवन प्रभावित भएको छ। बन्दका कारण सिरहा ,सप्तरी ,सुनसरी ,धनुषा ,सर्लाही महोत्तरीलगायत तराईका अन्य  जिल्ला पनि प्रभावित भएका छन्।

यसै बीच सिरहाको लहानमा राजपाका नेता तथा कार्यकर्ताहरुले विहानै देखि प्रहरीको सहयोगमा  म्याकिंग गरि बजार बन्द गराउदै हिडेका छन्। 

यता धनुषाको गाउँ–गाउँबाट राजपाका नेता कार्यकर्ताहरू सदरमुकाम जनकपुरको चोक–चोकमा टायर बालेर प्रदर्शन गरिरहेका छन्। जनकपुरको रामानन्द चोक, पिडारी चोक, भ्रमरपुरा चोक, जिरोमाइल, शिवचोक र जनकचोक लगायतका स्थानमा बन्दकर्ताहरुले विरोध प्रदर्शन गरिरहेका छन्।

बन्दकै क्रममा महोत्तरीको औरही गाउँपालिकामा नेकपा एमालेका सांसद चढेको गाडिमा ढुङ्गामुढा प्रहार भएको छ ।महोत्तरी क्षेत्र नम्बर ५ का एमालेका सांसद दिपनारायण साह सवार गाडी बन्दमा चलाएको भन्दै राजपा नेपालका कार्यकर्ताहरुले मंगलबार एका बिहानै गाडिमा ढुङ्गामुढा गरेका छन् । बर्दिबास—औरही—जलेश्वर सडक खण्ड अन्तर्गत औरही बजारमा सडक बन्द गरिरहेका राजपाका कार्यकर्ताहरुले सांसद सवार बा १२ च ९६९ नम्बरको गाडीमाथि ढुङ्गमुढा गरेका हुन् । ढुङ्गामुढाबाट सांसद साहको गाडिको अगाडि र पछाडिको शिशा फुटेको छ ।

 राजपा नेपालले मंगलवारदेखि असार २ गते चार दिन सम्म मधेश, थरुहट र लिम्बुवान बन्दको घोषणा गरेको छ।    

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.