शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
पानीमा डुबेर बालिकाको मृत्यु
असाड २, २०७४ | सरगम खबर समाचारदाता

सप्तरी, असार २ गते।
सप्तरीको कृष्णसवरण गाउँपालिका-३ मा विहीबार खोलामा जमेको पानीमा डुबेर एक बालिकाको ज्यान गएको छ।कृष्णसवरण गाउँपालिका-३ बस्ने मनोज शर्माकी ५ बर्षिय छोरी लक्ष्मी कुमारी शर्माको घर नजिकै रहेको डुमजोर खोलाको पानीमा डुबेर ज्यान गएको हो।साँझ ६ बजेतिर घरबाट अचानक हराएकी बालिकालाई खोजी गर्ने क्रममा आफन्तले उक्त खोलामा डुबेर मृत अवस्थामा भेटेपछी प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा प्रहरी चौकी पकरीबाट टोली खटिगई थप अनुसन्धान भइरहेको छ।

;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;
लागूऔषधसहित एक पक्राउ

सुनसरी, असार २ गते।
सुनसरीको धरान-८ तिनकुनेबाट प्रहरीले विहीबार लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धरान-३ बस्ने २४ बर्षिय अनिल चौधरी रहेका छन्।उनले कम्बरको पेटीमा लुकाएर ल्याएको लुपीजेसिक-४ एम्पुल, डाइजोलप-४ एम्पुल, एभिल-४ एम्पुल जम्मा १२ एम्पुल बरामद गरेको छ। पक्राउ परेका चौधरीलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।


;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;

आगलागीबाट १० लाख बराबरको क्षति

मोरङ, असार २ गते।
मोरङको विराटनगर महानगरपालिका-७ भृकुटी चौकमा निर्माणाधिन अवस्थामा रहेको ओमेगा हाउजिङ भवन निर्माणको गोदाममा विहीबार आगलागी भएको छ।स्थनिय प्रकाश मुन्डाले संञ्चालन गरेको उक्त भवनको गोदामममा बेलुका ९ बजेतिर विधुत सर्ट भइ अचानक आगलागी भएको हो। आगलागीबाट भवन निर्माण गर्ने सिमेन्ट, केमिकल र डिजेल जल्दा अन्दाजी १० लाख बराबरको क्षति भएको बताइएको छ।आगलागी दमकल, वडा प्रहरी कार्यालय विराटनगर (क) बाट खटिएको प्रहरीको टोली र स्थानियवासीको सहयोगमा १ घण्टापछी नियन्त्रणमा लिएको प्रहरीले जानएको छ।

 

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.