शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहामा कक्षा ११ को परीक्षा अर्मादित बन्दै , व्यापक चिट
असाड ४, २०७४ | सरगम खबर समाचारदाता

सिरहा २०७४ असार ४ - 
सनिबार तेस्रो दिन भएको कक्षा ११ को परीक्षामा लहान स्थित पशुपति उमावि परीक्षा केन्द्रमा व्यापक चिट भएका छन् । विद्यार्थीहरुले डेस्क मै चिट राखेर लेखिरहेको भेटिएका थिए । त्यति मात्रै हैन, ‘फल्याप’मा प्रश्न हल गरी सबै विद्यार्थीहरुको हातमा पुगेका थिए । त्यसैबाट विद्यार्थीहरुले उत्तरपुस्तिकामा लेखेका छन् । उक्त केन्द्रमा लिटिल स्टार बोर्डिङ्ग स्कुल, एलएमसी क्लेज र पोखरभिन्डा उमाविका विद्यार्थीहरु परिक्षा दिइरहेका छन् । पहिलो दिनको परीक्षामा पनि लहानस्थ्ति ललकु उच्च मावि र पशुपति आदर्श उच्च माविमा जिल्ला शिक्षा अधिकारी अरविन्द लाल कर्णको निरीक्षण टोली पुगेपछि विद्यार्थीहरुवाट खोसिएको चिटले बोरा भरिएको थियो। ति दुई केन्द्रबाट करिब पाँच बोरा चिट बरामद भयो । दुबै परीक्षा केन्द्रबाट डेक्समै गेसपेपर तथा चिट राखेर खुलेयाम चोरी गरिरहेका करिब २५ जना विद्यार्थीको शिक्षा अधिकारी कर्णले कापी खोसेका थिए ।यस वर्ष वाहिर विद्यार्थीहरुलाई चेकजाँच गर्ने अधिकार दिएको छैन् । केन्द्राध्यक्षले आफ्नो केन्द्रका शिक्षक लगाएर विद्यार्थीहरुलाई चेकजाँच गराएका छन् । त्यसले झन चिट भित्र लग्न विद्यार्थीहरुलाई सजिलो भएको स्रोतले बतायो । उनले, निजी उमाविसँग शिक्षकहरुले रकम लिन्छ, चिट चोराउनलाई सहयोग गर्ने गरेको भने ।’ 

विद्यार्थीहरु गेस पेपर, गाईड बुक, र चिटसहित परीक्षा केन्द्रमा प्रवेश गर्छ । परीक्षा हलभित्र खुलेआम चोरी र नक्कल चलेको छ । परीक्षामा गार्ड वस्ने शिक्षकहरुलाई चिट र गाईड बुक खोसिनै रहेको छ भन्नु हुन्छ पशुपति केन्द्रका केन्द्राध्यक्ष प्रमेश्वर रायलाई सोध्दा उनले भने, कसरी भित्र चिट पुग्छ त्यो आफुलाई थाहा छैन् । परीक्षा कोठा भित्रवाट वोराका बोरा गाईड बुक र चिट निस्केको छ । परीक्षा केन्द्रमा नक्कली गार्डहरु समेत फेला परेका छन् । विद्यालय प्रशासनदेखि विद्यार्थीहरु समेतलाई आन्दोलनको माहौलले वेथिति गर्ने अवसर प्रदान गरेको छ ।सिरहामा कुल ३९ वटा उच्च मावि संचालनमा रहेको छ । ति उच्च माविबाट नियमित ४ हजार ७०३ र आंशिक १ हजार ५५२ गरी कूल ६ हजार २५५ विद्यार्थी कक्षा ११ को परीक्षा दिदैछन् । परीक्षाका लागि १२ वटा परीक्षा केन्द्र तोकिएको छ ।

यसै बीच बन्दको कारण यातायात नचलेपछि परीक्षा केन्द्रसम्म पुग्न साधन नभएका कारण धेरै विद्यार्थीहरुको परीक्षा छुटेको छ । सिरहाको लहानस्थित पशुपति आदर्श उच्च मा.वि. परीक्षा केन्द्रमा ४ सय ८३ विद्यार्थीहरुले परीक्षा दिनु पर्नेमा २९ जना अनुपस्थित देखियो । त्यसैगरी ल.ल. कु मा.वि. लहान परीक्षा केन्द्रमा पनि करिब २५ जना विद्यार्थी अनुपस्थित भए । टाढा घर हुने विद्यार्थीहरु यातायातको साधन विना परीक्षा केन्द्रसम्म पुग्न नसकेपछि परीक्षा दिनबाट बञ्चित भएका छन् ।

ल.ल.कु.उच्च मावि परीक्षा केन्द्रमा एउटा डेक्समा चार जना विद्यार्थी राखेर परीक्षा लिइरहेको पाइयो । एउटा डेक्समा २ जना परीक्षार्थीलाई मात्र राख्न पाउने व्यवस्था छ । चार जना परीक्षार्थीलाई एउटै डेक्समा राखेर परीक्षा लिँदा एकले अर्काको कापी सार्ने गरेको भेटियो । तर परीक्षार्थीको संख्या बढेको र डेक्स बेन्चको अभाव भएका कारण एउटै डेक्समा ४ जनालाई बसाउनुपरेको बताएको छ ।

परीक्षा संचालनका लागि सधैं एउटै गार्डलाई राख्नुपर्ने हुन्छ । तर सिरहाका निजी विद्यालयहरुले आफ्नो विद्यार्थीको बढी मार्क ल्याउनका लागि सुपरिडेन्टलाई रकम खुवाएर दिनहुँ विषयगत शिक्षकलाई गार्ड राख्ने गरेको स्रोतको दावी छ । शिक्षा अधिकारी कर्णले सुरु दिनमा राखेकै गार्डलाई सधै राख्न निर्देशन दिँदै गार्ड परिवर्तन भएको पाइएमा कारबाही गर्ने चेतावनी दिएका छन् ।

यसै बीच पहिलो दिनको परीक्षामा लहान स्थित ललकु उमावि र पशुपति उमावि केन्द्रमा चिट चोरीको समाचार विभिन्न संचारमाध्यममा आएपछि पत्रकारहरुले राष्ट्रिय परीक्षा बोर्ड प्रमुख, केन्द्राध्यक्षसँग सम्पर्क गर्दा त्यस्तो नरहेको प्रतिक्रिया दिएका थिए । उनीहरुको प्रतिक्रिया सुन्दा लाग्थ्यो परीक्षा मर्यादित नै होला । तर, वास्तविक बुझन पत्रकारहरु केन्द्रमै पुग्ने निर्णय गर्यो । संचारकर्मी शम्भु यादव सहित रेडियो सरगमका संचालक तथा म्यानेजर फिरोज शेख शनिवार पशुपति उमावि केन्द्रमामा पुगे । पुग्ने वितिकै अफिस कोठामा केन्द्राध्यक्ष प्रमेश्वर राय लाई भेटे । उहाँले संचारकर्मीलाइ अफिसमा बस्न आग्रह गरि उहाँ वाहिर निस्कनु भयो । संचारकर्मी नबसेर उहाँलाई पन्छायाउदै उहाँलाई आग्रह गरे हिडनुस कक्षामा परीक्षा हेरौँ । उहाँ पनि तयार हुनु भयो। 

त्यहा अचानक पत्रकार आएको कुरा चलिरहेको थियो । संचारकर्मी कक्षाकोठामा गएनन  । वाहिरैबाट हेर्यो । चिट जहितही फालेको थियो । एउटा डेक्समा चार जना विद्यार्थी राखेर परीक्षा लिइरहेको देखियो। कक्षा पन्छाउँदै जाँदा निजी उमाविको विद्यार्थी परीक्षा दिइरहेको कक्षाकोठामा ‘फल्याप’बाट उत्तरपुस्तिकामा सारिरहेको देखेपछि केन्द्राध्यक्षलाई हेर्न आग्रह गरे, उहाँले चिट खोस्यो । तर, यसरी कहाँबाट चिट भित्र आयो केन्द्राध्यक्षले अनभिज्ञता व्यक्त गर्दै आफुलाई केहि थाहा न भएको बताए। केही वर्ष अगाडी यही केन्द्रमा चिट चोरी गराएको आरोपमा केन्द्राध्यक्ष राय कारवाहीमा परिसकेका छन्। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.