शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
कमिसनका कारण विकास निर्माण अधुरो
असाड ७, २०७४ | शुभ नारायण यादव

शुभ नारायण यादव , राजविराज , ७ असार । असार महिनाको शुरुवातसँँँगे सप्तरीका सरकारी तथा अधिकांश विकासीय कार्यालयहरुमा सेवाग्राहीहरुको संख्यामा ह्वातै बृद्धि भएको देखिन्छ । असार आउने बित्तिकै विकासीय कार्यालयहरुमा विकास निर्माण लगायतका विषयलाई लिएर सेवाग्राहीहरुको संख्यामा बृद्धि भएको हो । तर सप्तरीका विकासीय कार्यालयका कर्मचारीहरुको कमिसनको चलखेल बन्द नभएका कारणले गर्दा जिल्लाको विकास निर्माण कार्य अझै धेरै पछाडी पारीएको छ । सप्तरीका अधिकांश विकासीय कार्यालयका कर्मचारीहरुले बिना कमिसनको रकम निकासा नगर्ने पुरानो प्रवृतिका कारणले गर्दा पनि सप्तरीमा विकास निर्माण कार्य पछाडी पारीएको देखिन्छ । 

खासगरी विकास निर्माणको मुख्य आडाको रुपमा मानिने साबिकको जिल्ला विकास समिति हाल जिल्ला समन्वय समिति सप्तरीमा अहिले एका बिहानैदेखि रात्ति अबेरसम्म हजारौ उपभोक्ता तथा सेवाग्राहीहरु विभिन्न विकास निर्माण लगायतका कामकाजलाई लिएर ठुलो भिड लाग्ने गरेका छन । तर जिविसकै केही कर्मचारीहरुको कमिसनका कारणले गर्दा जिल्लाको विकास निर्माण कार्य हचुवाको तालमा हुने गरेका छन । बिना कमिसन शत प्रतिशत कार्य गरेपनि जिल्ला विकास समितिका केही कर्मचारी ,ओभरसियर तथा ईन्जिनियर लगायतले मान्यता नदिने पुरानो प्रवृतिका कारणले गर्दा जिल्लाको विकास निर्माण कार्य हचुवाको तालमा हुने गरेको जानकारहरु बताउँछन । बर्षभरीमा गर्नुपर्ने विकास निर्माण कार्य अहिले असार महिनामा आएर हचुवाको तालमा कागजमा मात्र यहाँका विकास निर्माण कार्य हुने गरेपनि त्यसलाई नियन्त्रण गर्ने निकाय कानमा तेल हालेर सुतेका छन । तसर्थ जिल्लाको समग्र विकास निर्माण कार्यलाई अगाडी बढाउनका लागि तथा जिल्लाका सरोकारबाला निकाय तथा सम्बन्धित निकायको ध्यान जानुपर्ने जरुरी रहेको देखिन्छ ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.