शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
पेट्रोलियम पदार्थको कृत्रिम अभावसँगै कालोबजारी
असाड ७, २०७४ | शुभ नारायण यादव

शुभ नारायण यादव - 
सप्तरी ,७ असार । पेट्रोलियम पदार्थको मुल्य घटेपनि सप्तरीमा पेट्रोलियम पदार्थको कृत्रिम अभावसँगै व्यापक कालोबजारी भईरहेका छन । भर्खरै प्रति लिटर पेट्रोल एक सय रुपैयाँ निर्धारण गरेपनि सप्तरीका सदरमुकाम राजविराज सहित जिल्लाका अन्य ग्रामिण भेगहरुमा समेत पेट्रोलियम पदार्थको कृत्रि अभाव श्रृजना भएको भन्दै खुल्लेआम कालोबजारी भईरहेका छन । सदरमुकाम राजविराज सहित जिल्लाका अन्य ग्रामिण भेगका पेट्रोल पम्पहरुमा पेट्रोल छैन भनिएतापनि रात्तारात्त पम्पहरुमा बढी पैसा लिएर खुल्लेआम विक्रि वितरण गरी पेट्रोलियम पदार्थको कालोबजारी भईरहेपनि कार्याबाही गर्ने निकाय मौन रहेका छन । पम्पमा पेट्रोल छैन ,तर पम्पकै अगाडी खुल्लेआम १३० रुपैयाँदेखि २०० सम्ममा विक्रि वितरण हुने गरेका छन ।

 कहाँबाट ति व्यापारीहरुले पेट्रोल ल्याउँछन ,र खुल्लेआम दोब्बर मुल्य लिएर विक्रि वितरण गरीरहेका छन त ? सर्वसाधारणहरुका लागि अहिले अधिकांश पेट्रोल पम्पमा पेट्रोल छैन ,तर पम्पकै अगाडी यसरी दोब्बर मुल्यमा व्यापक मात्रामा पेट्रोलियम पदार्थको कालोबजारी गर्नेहरुमाथि कार्बाही गर्ने निकाय कानमा तेल हालेर सुतेका छन । पम्पका कर्मचारीहरुकै मिलोमतोमा दिनभरी पेट्रोल छैन भनि आमउपभोक्ताहरुलाई घुमाउने गरेको तथा रात्ति भएपछि ठुलो गैलनमा बढी मुल्य लिएर खुल्लेआम पेट्रोलियम पदार्थको विक्रि वितरण हुने गरेका छन । पेट्रोलियम पदार्थको कृत्रिम अभाव भएपछि हजारौ उपभोक्ताहरु पम्पमा पेट्रोल नपाएपछि बाध्य भएर पानीको बोत्तलमा कम परिणामको गुणस्तरहिन तथा मिसावट युक्त पेट्रोल दोब्बर मुल्यमा खरिद गर्न बाध्य भएका छन । तसर्थ पेट्रोलियम पदार्थको कृत्रिम अभाव श्रृजना गरी व्यापक मात्रामा खुल्लेआम भईरहेको कालोबजारीलाई न्युनिकरण गर्नका लागि स्थानीय प्रहरी प्रशासन तथा सम्बन्धित निकायको ध्यान जानुपर्ने जरुरी रहेको छ । 

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.