शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
आँपको मुल्य आकाशिदाँ उपभोक्ताहरु हैरान
असाड १०, २०७४ | शुभ नारायण यादव

शुभ नारायण यादव - 
राजविराज , १० असार । आँपको राजा भनेर चिनिने सिरहा र सप्तरीमा यस वर्ष आँप उत्पादनमा कमि आएपछि यहाँ आँपको मुल्य आकाशिएपछि उपभोक्ताहरु चिन्तित बनेका छन ।अन्य वर्षको तुलनामा यस वर्ष आँप उत्पादनमा कमि आएपछि अहिले जिल्लाको सदरमुकाम सहित अन्य ग्रामिण भेगका बजारहरुमा समेत आँपको मुल्य आकाशिएका हुन । ५० रुपैयाँ पर्ने बम्बैय आँप अहिले १०० रुपैयाँमा विक्रि वितरण भईरहेका कारणले यहाँका उपभोक्ताहरु समस्यामा परेका छन । अन्य वर्षको तुलनामा यस वर्ष आँपको मुल्य जेठ महिनादेखि नै आकाशिएका कारणले उपभोक्ताहरु चिन्तित बनेका छन । एक उपभोक्ता अरुण कुमार यादव भन्छन ,यस वर्ष आँपको मुल्य अन्य वर्षको तुलनामा दोब्बर भएपछि आम उपभोक्ताहरुले खरिद गरेर खान नसकिने रहेको बताउनुभयो । उहाँ जस्तै अधिकांश उपभोक्ताहरुको यस्तै गुनासो रहेका छन । यता आँपको उत्पादनमा कमि आएकै कारणले आँपको मुल्य आकाशिएपछि स्थानीय व्यापारीहरुको समेत आँप वित्रmि वितरणमा कमि आएको बताउँछन । 

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.