शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
बलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु
असाड १०, २०७४ | सरगम खबर समाचारदाता

सप्तरी, असार १० गते।
सप्तरीको खड्क नगरपालिका-५ खचुइयामा शनिबार बलेरो गाडिको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।पूर्वबाट पश्चिमतर्फ आउदै गरेको को १ च ९८५४ नम्बरको बलेरोले पैदलयात्री सोही ठाउँका अन्दाजी ५० बर्षिय मनिलाल चौधरीलाई ठक्कर दिएको थियो। ठक्करबाट चौधरीको घटनास्थलमै मृत्यु भएको हो। ठक्कर दिने बलेरो र चालकलाई इलाका प्रहरी कार्यालय कडोरवनाले नियन्त्रणमा लिएको छ।

यता सिरहाको सिरहा नगरपलिका- ७ स्थित सारश्वर-माडर भित्री सडक खण्डमा ज १ च २९३ नम्बरको ट्याक्सी र स ७ प ६६१३ नम्बरको मोटरसाइकल आपसमा ठक्कर लाग्दा मोटरसाइकल चालक सिरहा नगरपलिका- ६ बस्ने वडा प्रहरी कार्यालय (ख) मा कार्यरत म्यादी प्रहरी २६ बर्षिय चन्देश्वर कुमार मण्डल घाईते भएका छन्। घाइते दुवैको जिल्ला अस्पताल सिरहामा उपचार भइरेहको छ। ट्याक्सी र चालकलाई वडा प्रहरी कार्यालय (ख)  सिरहाले नियन्त्रणमा लिएको छ।

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.