शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
ट्रक र माइक्रो आपसमा ठोक्किदा ९ घाइते
असाड १२, २०७४ | सरगम खबर समाचारदाता

सप्तरी, असार १२ गते।
सप्तरीको सुरुङ्गा नगरपालिका-४ कदमाहामा सोमबार ट्रक र माइक्रो आपसमा ठोक्किदा ९ जना घाइते भएका छन्।पूर्वबाट पश्चिमतर्फ जादै गरेको बा २ ख २७४१ नम्बरको ट्रक र पश्चिमबाट पूर्बतर्फ आउदै गरेको बा ३ ख ८६६८ नम्बरको माईक्रो हायस् विहान ४ बजेतिर आपसमा ठोक्किएको थियो।दुर्घटनामा जिल्ला सर्लाही बस्ने अन्दाजी ३५ बर्षिय सरोज कोईराला, जिल्ला झापा शनिशचरे बस्ने २५ बर्षिय कृष्ण तामाङ, मोरङ लेटाङ-८ बस्ने १८ बर्षिय मौसमी लिम्बु, सोही ठाउँकी अन्दाजी ६० बर्षिय जनता सरी राई, जिल्ला मकवानपुर धनसरे बस्ने अन्दाजी १८ बर्षिया सगुन विश्वकर्मा जिल्ला मोरङ लेटाङ ३ बस्ने अन्दाजी २१ बर्षिय प्रशान्त शाक्य, धनकुटा-७ बस्ने अन्दाजी ३० बर्षिय भोला थापा, जिल्ला काठमाण्डौ मनहरा-८ बस्ने अन्दाजी ४४ बर्षिय हेम काफ्ले र सोही ठाउँकी ४१ बर्षिया मन्जु काफ्ले घाइते भएका छन्। घाइते सबैको सप्तऋषी अस्पताल लहानमा उपचार भइरेहको छ।घटनास्थलमा इलाका प्रहरी कार्यालय कडोरवनाबाट प्रहरीको टोली खटिगई ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ भने माइक्रोका चालक फरार रहेकाले खोजी भइरेहको उक्त कार्यालयले जनाएको छ।

 

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.