शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
इन्सेकको अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न
असाड १३, २०७४ | फिरोज शेख

फिरोज शेख लहान २०७४ असार १३ - 
अनौपचारिक क्षेत्र सेवा केन्द्र सिरहाको आयोजनामा मानव अधिकार वर्ष पुस्तक २०१८ का लागि सङ्कलन गरिएका घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सिरहाको लहानमा सम्पन्न भएको छ। इन्सेक जिल्ला प्रतिनिधि दुर्गा परियारले सन् २०१७ को जनवरीदेखि चालु जुनसम्म सङ्कलन गरिएका ६२ ओटा मध्ये राज्य पक्षबाट २ ओटा र गैरराज्य पक्षबाट ६० ओटा मानव अधिकार उल्लघङ्न तथा ज्यादतीका घटना भएको प्रतिवेदन प्रस्तुत गरेका थिए । ती घटनाहरू मध्ये महिला तथा घरेलु हिंसाका २५ ओटा, बलात्कार वा बलात्कार प्रयासका १७ ओटा , बहुविवाहको १, हत्याको ४ , कुटपिट ,धम्कि , दुर्व्यवहार ६ , तोडफोड ,आगजनी ( मोर्चा ,विद्यार्थी बाट ) ५ , कथित बोक्सीको आरोप १ , बमविस्फोट १ , गोलीबाट घाइते १ , जातीय भेदभावका १ ओटा भएका घटना सार्वजनिक गरेका थिए । कार्यक्रममा मानव अधिकारको रक्षा गर्न राज्य जिम्मेवार र गम्भीर भएर लाग्नु पर्ने सहभागी सरोकारवालाहरूले बताएका छन्।

समीक्षा कार्यक्रममा बोल्दै ईलाका प्रशासन कार्यलय लहानका प्रमुख सोम प्रशाद भटराई हिंसारहित समाज निर्माणको लागि सरकारी तथा गैरसरकारी सङ्घ संस्थाहरू एक आपसमा सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए ।कार्यक्रममा सहभागी वक्ताहरूले इन्सेकले मानव अधिकार वर्ष पुस्तकमा मानव अधिकार उल्लङ्घन र अपराधिक घटना गरी सबैलाई थप विश्लेषण गरी समावेश गर्नुपर्ने सुझाव दिएका थिए ।वक्ताहरूले सामाजिक तथा सांस्कृतिक अधिकार, नागरिक तथा राजनीतिक अधिकारका घटना कतिपय अपराधिक घटना हुने भएकाले इन्सेकले त्यस्ता नीतिगत विषयमा पनि आफ्नो विश्लेषणमार्फ सम्बन्धित निकायलाई नीति परिवर्तनमा झक्झक्याउनुपर्नेमा जोड दिएका थिए ।सिरहा  जिल्ला निगरानी समुहका अध्यक्ष भैरव गेल्लालको अध्यक्षता तथा ईलाका प्रशाशन कार्यलय लहानका प्रमुख सोम प्रशाद भटराईको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समीक्षा कार्यक्रममा ईलाका प्रहरी कार्यलय लहानका डिएसपी हिरा बहादुर पाण्डे लगायत संचारकर्मी , विभिन्न संघसंस्थाका  प्रतिनिधि , सरोकारवाला लगायतको उपस्थिति रहेको थियो।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.