शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहामा झाडापखालाले एकको मृत्यु, १० जना सिकिस्त
असाड १३, २०७४ | फिरोज शेख

फिरोज शेख लहान २०७४ असार १३ - 
सिरहाको सीतापुर प्रधको देवाड़ी टोलमा झाडापखालाका कारण एकको मृत्यु भएको छ । भने १० जना सिकिस्त भएका छन्।मृत्यु हुनेमा सीतापुर ८ बस्ने ७० वर्षीय मागेन यादव रहेका छन्। यादव झाडापखालाका कारण निकै कम्जोर र सिकिस्त भएपछी उनलाई लहान लयाउने तयारी भइरहेको बखत नै उनको मृत्यु भएको थियो।यसै बीच सिकिस्त हुनेहरुमा मृत्क यादवको बुहारी ३० वर्षीय मलुकी देवी , नातिनी १९ वर्षीय नितु कुमारी यादव , १० वर्षीय सन्तोषी कुमारी यादव रहेकी छिन। त्यस्तै अन्य सिकिस्त हुनेहरुमा सोहि ठाउँ बस्ने रामानन्द तिवारीको श्रीमती कुमारी देवी तिवारी , श्रीलाल सदाको श्रीमती घुस्की देवी सदाय , लखन यादव , किशोरी राय , श्री प्रसाद रायको २ वर्षीय छोरी सिवानी राय लगायतका रहेका छन्। सिकिस्तहरु मध्ये गम्भीर सिकिस्त मलुका देवी यादव र लखन यादवलाई लहानमा अवस्थित राम कुमार उमा प्रसाद स्मारक अस्पतालमा पठाईएको स्थानीय अहेव चिकित्सक वेचु साफीले जानकारी दिएका छन्।


यसै बीच झाडापखाला बाट सिकिस्तहरुको घरघर पुगी निवर्तमान गाविस अध्यक्ष देवनारायण साह र प्रहरी चौकी सितापुरका इन्चार्ज गणेश साही स्थलगत निरीक्षण गरि आवश्यक पहल गरिरहेको जानकारी दिएका छन्। साहको अनुसार स्वास्थ्य चौकी सितापुरको पहलमा आजै जिल्लाबाट स्वास्थ्य निरीक्षणटोलि स्थलगत भ्रमण र उपचार थाल्ने भनेका छन्। तत्काल स्वास्थय चौकी इन्चार्ज चन्द्रकान्त पण्डितले सिकिस्त विरामीहरुको स्वाथ्य चौकी सितापुरमा उपचार गरिरहेका छन्।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.