शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
चरेश र गाँजासहित भारतीय नागरीक पक्राउ
असाड १६, २०७४ | सरगम खबर समाचारदाता

सिरहा, असार १६ गते।
सिरहाको लहान नगरपालिका-१२ बाट प्रहरीले लागूऔषध चरेश र गाँजासहित एक भारतीय नागरीकलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा भारत विहार राज्य सिवान जिल्ला सिसानी थाना मुईयान ग्राम पञ्चायत बस्ने ३७ बर्षिय श्यामसुन्दर प्रसाद सुनार रहेका छन्।विहान ७ बजेतिर स्थानीयले लहान नगरपालिका-१२ स्थित पूर्व पश्चिम लोकमार्ग छेउमा नसालु पदार्थ सेवन गरी मानिस सुतीरहेको भनी इलाका प्रहरी कार्यालय लहानमा जानकारी गराएका थिए।उक्त स्थानमा प्रहरीको टोली खटिगई चेकजाँच गर्ने क्रममा प्रहरीले उनको साथमा रहेको प्लाष्टिकको झोलाबाट टेपले बेरको अवस्थामा २ किलो लागूऔषध चरेश र ९ सय ८० ग्राम गाँजा बरामद गरेको हो।पक्राउ परेका श्यामसुन्दर प्रसाद सुनारलाई इलाका प्रहरी कार्यालय लहानमा राखी थप अनुसन्धान भइरेहको छ।

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.