शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सप्तरीमा कमिशनको चलखेल अझै रोाकिएन
असाड २८, २०७४ | शुभ नारायण यादव

शुभ नारायण कामति, सप्तरी,२८ असार । जिल्ला विकास समिति सप्तरीमा कमिशन नदिए रकम निकासा नहुने गरेको कमिसनको बर्षौदेखि चल्दै आएको चलखेल अझै रोकिएको छैन् ।१० प्रतिशत जिल्ला विकास समिति हाल जिल्ला समन्वय समिति र १० प्रतिशत प्राविधिक तथा अहिले नयाँ संरचना अनुसार परिमार्जन भएको नगरपालिका तथा गाउँपालिका अधिकृतहरुले समेत १० प्रतिशत सम्म कमिशन नलिए बिना गाविसको विकासीय रकम निकासा नहुने गरेको छ ।जिल्ला विकास समिति सप्तरीमा असार महिनाको अन्तिम सातासम्ममा पनि करिब २५ प्रतिशत गाविसहरुको दोश्रो किस्ताको विकासीय बजेट अझै कमिशन नदिएकै कारण जिविसमा थन्किएको अवस्था रहेको स्रोतले जनाएको छ ।

असार बित्न अब केही दिन मात्र बाँकी छैन तर जिल्ला विकास समितिले कमिशन नदिए बिना रकम निकासा गर्दैन । १० प्रतिशत जिविस र १० प्रतिशत प्राविधिक जबर्जस्ती कमिशन काटेर रकम निकासा दिने गरेको गाविस सचिवहरु बताउँछन् ।सप्तरीका एक गाबिस सचिवका अनुसार– कमिशन बिना जिविस र प्राविधिकहरुले रकम निकासा दिदैन, कमिशन नदिए बिना फायल नै हराउछन् जिविस सप्तरीमा । त्यस्तै कमिसनकै कारणले जिल्ला समन्वय समितिबाट रकम निकासा भएपछि पनि अहिले परिमार्जन भएको नगरपालिका तथा गाउँपालिकाका अधिकृतहरुलाई समेत कमिसन नदिए सम्म रकम निकासा नगर्ने गरेको बताएका छन ।सप्तरीको ९१ गाबिसमध्ये कतिपय गाविसका उपभोक्ताहरुले रकम निकासाका लागि १० प्रतिशत भन्दा पनि बढी कमिशन दिई रकम निकासा गर्न दिनभरी जिविस तथा यहाँका माफियाहरुसँग साटघाटमा लागि परेको दृश्यहरु जिविसमा हेर्न पाइन्छ, असार मसान्तमा ।

लुटनेहरु अहिले दिनभरी जिविस प्राड्डणमा व्यस्त रहेको रमणीय दृश्यहरु अवलोकन गर्न पाईन्छ । दिनभरी जिविसको स्थानीय विकास अधिकारी ,योजना शाखा,लेखा शााखा लगायतकामा सयौं उपभोक्ता तथा सचिवहरुको ठुलो भिड लाग्ने गरेका छन , तर कमिशनको चलखेलमा रकम धमाधम निकासा भईरहेको स्रोतको दाबी छ ।जिविस स्रोतका अनुसार आफुहरुसँग कमिशनको रकम हालसम्म नमागेको तर अर्को गाविसका सचिवहरुसँग जिविसले टेबुल टढाएर १०÷१० प्रतिशत कमिशन लिने गरेको दावी गरेका छन् । कमिशन चलखेलमा जिल्ला विकास समितिका स्थानीय बिकास अधिकारी सहित अन्य माफिया कर्मचारीहरुको हात रहेको श्रोतको दावी रहेको छ ।

श्रोतका अनुसार स्थानीय विकास अधिकारी असार मसान्तमा दिनभरी जिविसमा खोज्दा भेट्दैन तर एलडियोका चम्चाहरुले फायल तयार गरी कमिशनको चलखेल मिलेपछि त्यस गाविसको रकम सजिलैसँगै निकासा हुने गरेको छ ।यस्तै कमिशनको चलखेलका कारण सप्तरी जिल्लाको विकास हालसम्म हुन नसकेको तथा करोडौ रकम वर्षेनी फ्रिज हुने गरेकोमा स्थानीय सरोकारबालाहरुले चिन्ता व्यक्त गर्छन् । यता सो सम्बन्धमा स्थानीय विकास अधिकारी सुबोध कुमार पोखरेलसंग सम्पर्क गर्दा उहाँले मोबाईल अफ गरीएको थियो ।

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.