शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
प्रचण्ड गर्मीका कारण शिवालयहरुमा भक्तजनहरुको बाक्लो उपस्थिति देखिएन
साउन २, २०७४ | फिरोज शेख

फिरोज शेख २०७४ श्रावन २। पछिल्लो तिन दिन देखि सिरहा सहित तराईका जिल्लाहरुमा बढेको अत्यधिक गर्मीका कारणले यहाँका जनजीवन आक्रान्त बनेको छ । एका बिहानै देखि प्रचण्ड गर्मी हुँदा खासगरी दैनिक मेहनत मजदुरी गर्नेहरुलाई धेरै नै समस्या खेप्नुपरीरहेको छ । श्रावन लागे पनि ३/४ दिन देखि प्रचण्ड गर्मीका कारणले गर्दा ठेला ,रिक्सा चलाउने तथा दैनिक मेहनत मजदुरी गर्नेहरुलाई प्रचण्ड गर्मीका कारणले दिनभरी कामकाज गर्न नसकिने भएपछि ति निमुखा गरीब जनताहरुलाई दैनिकी गुजारा गर्नमा धोधौ भईरहेका छन । अत्यधिक गर्मीका कारण सिरहाको लहान , धनगडी , गोलबजार , मिर्चैया , सिरहा सहित जिल्लाका अन्य ग्रामिण भेगका स्वास्थय संस्थाहरुमा बिरामीको संख्यामा समेत निकै बृद्धि भएका छन भने प्रचण्ड गर्मीका कारणले स्थानीय बजारमा चिसो तथा पेयपदार्थको विक्रि वितरणमा समेत बृद्धि भएको स्थानीय ब्यापारीहरुको कथन छ । 

तिन दिन देखि बढेको अत्यधिक गर्मीका कारणले सर्वसाधारणहरुको बजारमा चहल पहमा समेत निकै कमि देखिन्छ । प्रचण्ड गर्मीमा पटक पटक विद्युत बत्ति जाँदा सिरहाका बजारहरु सहित ग्रामिण भेगका सर्वसाधारणहरुको जनजीवन निकै कष्टपुर्ण बित्तिरहेका छन । श्रावन महिनाको आज पहिलो सोमबारी परे पनि बजार सहित जिल्लाका विभिन्न शिवालयहरुमा सोमबारी ब्रत बस्ने भक्तजनहरुको बाक्लो उपस्थिति देखिएन । 

वायुमण्डलीय तापक्रममा वृद्धिसँगै हावा नचल्नु र चल्दा पनि तातो हावा आउनुले सर्वसाधारणलाई घरबाहिर निस्कन समस्या परेको छ। अत्याधिक गर्मीले बजार, शैक्षिक संस्था, सरकारी कामकाज समेत प्रभावित भएको छ। वायुमण्डलीय तापक्रम बढिरहँदा आइतबार र सोमबार अधिकतम तापक्रम ४० डिग्री सेल्सियससम्म मापन गरियो। वायुमण्डल सफा रहँदा सूर्यको किरणले जिउ नै पोल्ने गरी बढेको तापक्रम अझै केही सातासम्म बढ्ने जलवायु तथा मौसम कार्यालयले जनाएको छ।

रेडियो सरगमले आफ्नो सातौ वार्षिक उत्सव
आश्वीन ११, २०८० | सरगम खबर समाचारदाता
यामाहा द्वारा FZ -S V3 को
भाद्र २८, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.