शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
आगलागीबाट लाखौंको क्षति
साउन ३, २०७४ | शुभ नारायण यादव

राजविराज ,३ साउन । सप्तरीको साबिक खडगपुर गााबिस हाल बोदे बसार्र्ईन नगरपालिका वडा न. ४ मा आगलागी हुँदा करीब तीन लाखको क्षति भएको छ । भान्सा कोठाबाट मंगलबार बिहान अचानक आगलागी हुँँदा स्थानीय बिजली राम ,विसुनदेव राम र कृष्णदेव रामको एक एक घर जलेर सो मुल्य बराबरको क्षति भएको हो । आगलागीबाट रामद्धयको तीन वटा घर तथा घरमा रहेका नगद ,गरगहना ,लत्ताकपडा ,धान ,चामल ,गहुँ लगायतका सम्पुर्ण समान जलेर सो मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागी स्थानीयबबासी तथा प्रहरीको सहयोगमा नियन्त्रणमा आाएको थियो ।यसैबिच अग्निपिडित परिवारलाई मुलवासी मुक्ति पार्टीले राहतका सामग्रीहरु वितरण गरेको छ । पार्टीका केन्द्रिय अध्यक्ष मो.इस्लामले अग्निपिडित परिवारलाई राहत स्वरुप लत्ताकपडा ,चामल ,दाल ,खानेतेल ,च्युरा ,भुजा लगायतका सामग्रीहरु प्रदान गरेका छन ।  

 

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.