शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा कृषि बधुवा न्यूनीकरण अन्तरक्रिया गोस्टी कार्यक्रम सम्पन्न
साउन ९, २०७४ | फिरोज शेख

फिरोज शेख लहान २०७४ श्रावन ९ - 
सिरहाको लहानमा जिल्ला स्तरीय सरोकारवालाहरु संग अन्तरक्रिया गोस्टी कार्यक्रम सम्पन्न भएको छ।भवानी एकीकृत विकास केन्द्र धनगडीमाई नगरपालिका २ भवानीपुर सिरहा द्वारा आयोजित  जिल्ला स्तरीय सरोकारवालाहरु संग अन्तरक्रिया गोस्टी कार्यक्रममा विभिन्न सरोकारवाला , राजनीतिक दलका प्रतिनिधि , संचारकर्मी , हरुवा चरुवाको लागि आवाज उठाउदै आइरहेका व्यक्तित्वहरु लगायत सर्वसाधारणहरुको उपस्थिति रहेको थियो।कार्यक्रममा उपस्थित वक्ताहरुले सिरहा जिल्ला लगायत अन्य जिल्लामा रहेका कृषि बधुवा मजदुर हरुवा चरुवाको वर्तमान अवस्था र न्यूनीकरणका समबन्धमा छलफल गरेका छन्।

सरकारले कमैया, हलिया , कमलरी प्रथा अन्त्य गरिसकेको छ । पहाडको हलिया जस्तै तराईका हरुवा-चरुवाहरुको समस्या रहेको छ । तर अहिलेसम्म हरुवा चरुवा गिरहतको ऋणबाट न मुक्ति पाएको छ न सरकारबाट राहत नै । एउटै प्रकारका समस्या रहेका पहाडका हलिया, कमैया, कमलीहरुको समस्या समाधान गर्न सरकार तत्पर देखिए पनि मधेशका हरुवा चरुवालाई सौतेनी व्यवहार गरिरहेको सहभागी वक्ताहरुको तर्क रहेको थियो । 

को हुन् हरुवा-चरुवा ?

पहाडमा हलो जोत्नेलाई हली र गाई वस्तु चराउनेलाई गोठाला भनेझै तराई मधेशमा खेतीपातीमा लगाइने कृषि मजदुरमध्ये खेत जोत्नेलाई हरुवा र गाई वस्तु चराउनेलाई चरुवा भनिन्छ । हरुवा बस्नेहरु अहिले दुई किसिमका छन् । एउटा, वर्षभरि नै एउटै जमिनदारको घरमा काम गर्नुपर्ने र अर्को मौसमी हरुवा ।
मौसमी हरुवा खेतीपातीको समयमा जमिनदारको काम गरेर अरु काम पनि गर्छन् । तर बर्षभरि हरुवा बस्नेले त्यस्तो सुविधा पाउँदैन । त्यसैगरी, चरुवा पनि एउटा गिरहतको घरमा हरुवाकै छोराछोरी चरुवाको रुपमा बस्ने गर्दछ । अर्को, गाउँभरिका बस्तु चराउने र वाषिर्करुपमा थोरै अन्न पाउने चरुवा रहेका हुन्छन् । हरुवा, चरुवा पनि दुई किसिमले बस्ने गर्दछ । पहिलो, कसैको बुवा बाजेले कुनै गिरहतसँग ऋण लिएको छ भने त्यो चुक्ता गर्न उनका छोराछोरी हरुवा चरुवा बस्नु पर्दछ । दोस्रो, आर्थिक रुपले विपन्न भूमिहीन दलितहरु मर्दा, पर्दा ऋण लिएवापत हरुवा, चरुवा बस्ने गर्दछन् ।

हरुवा चरुवा प्राय गिरहतबाट ऋण लिएर परिवारको भरणपोषण गर्नुपर्ने र हरुवाही बसेर नै ऋण तिर्ने सामथ्र्य नहुने भएकाले ऋणबाट मुक्त हुन सक्दैनन् । हरुवा-चरुवा बस्नेहरुको गिरहतसँग ज्यालाका लागि स्वतन्त्रपूर्वक सौदावाजी गर्ने क्षमतामा अहिलेसम्म विकास भएको छैन । जसले गर्दा गिरहतकहाँ उसैका शर्तमा काम गर्न बाध्य हुन्छन् । सबै जिल्लाका हरुवा चरुवाको समस्या एउटै रहेको छ । तर हरुवा बस्ने प्रक्रिया भने कतिपय जिल्लामा फरकफरक रहेको छ ।
पछिल्लो समय हरुवा चरुवा पुस्तौदेखि कुनै एउटै जमीनदारको घरमा बसेको कमै पाइन्छ । तर, एउटै व्यक्ति एउटै जमीनदारको घरमा आफ्नो जीवन हरुवाही गरेर बिताउने धेरै पाइन्छ ।

जमीनदारहरुले हरुवाहरुलाई बाँच्नका लागि मात्र ज्याला दिएका हुन्छन् । त्यसले उनीहरुको पेट त भर्छ तर अरु कुनै काम गर्न सक्दैन । जस्तैः छोराछोरीलाई राम्रो लुगा फाटा दिने, चाडपर्व मनाउने, औषधी उपचार गर्ने यी कुनै काम गर्न हरुवाले पाउने ज्यालाबाट सम्भव हुँदैन । हरुवा चरुवाको ज्याला जमिनदार हेरी हेरी तय हुन्छ । तर प्रायः हरुवाही गर्नेले वाषिर्क रुपमा ७ हजारदेखि १० हजार रुपैयाँसम्म पाउने गर्छन् । हरुवाले धान लिँदा भने वाषिर्क रुपमा ७ क्विन्टलसम्म पाउँछ । कतिपय हरुवा बस्नेहरु जमीनदारको हलो जोते वापत ३ देखि ५ कट्टा सम्म जमीन अधियामा जोत्न दिन्छ । त्यो जमीनको उब्जनी नै उसको ज्याला हो । कतिपय ठाउँमा मासिक हजार रुपैयाँमा समेत हरुवा बसेको पाईन्छ । घामपानीमा दिनरात गोरुसँगै जोतिएको शरीर बिरामी पर्दा औषधी उपचारलगायत कुनै पनि सुविधा हरुवा चरुवाले पाउँदैनन ।

कसैलाई कुनै जमीनदारसँग चित्त बुझेन भने अर्को वर्ष अरु जमीनदार कहाँबाट फेरी ऋण नै लिएर पहिलेको जमिनदारलाई तिर्छ र अर्को जमिनदारको घरमा हरुवा बस्छन् । यसरी हेर्दा, एक ठाउँ बाट ऊ मुक्त भए पनि फेरि अर्को ठाउँमा ऊ बधुवा नै हुन्छ । हरुवा चरुवाको समयअनुकूल ज्याला केहि ठाउमा वृद्धि पनि भएको छ। ज्याला वृद्धिको माग गर्दा हरुवालाई हटाउने काम गरिन्छ । हरुवा गर्नेको अर्को रोजगारीको विकल्प नभएकाले ऊ काम छोड्न पाउँदैन । हरुवा बस्ने कुनै खास जाति समुदाय नभए पनि संख्यात्मक रुपमा सबभन्दा बढी मुसहर समुदाय, त्यसपछि राम, खतवे, पासवानलगायतका जाति हरुवा बस्ने गर्छ । हरुवा गैरदलित पनि बस्छ तर त्यसको संख्या न्यून रुपमा मात्र रहेको छ । अधिकाश हरुवाहरुको आफ्नै नाउँमा जमीन छैन । हरुवा बस्नेहरु ऐलानी, पर्ति, गाउँ ब्लक, गुठी, सडक लगायतका जग्गामा बसोबास गर्छन् ।


कति छन् हरुवा चरुवा ?

हरुवा-चरुवा प्रथा पूर्वी तराई मधेशको सप्तरी, सिराहा, धनुषामा बढी रहेका छन् । सप्तरी, सिरहा, धनुषामा बढी हुनुका कारण ती जिल्लाहरुमा दलितहरुको सघन बसोबास भएकाले हो । आई.एल.ओ. र सि.एस.आर.सी.ले २००६ मा सिरहा, सप्तरी र धनुषा गरी ३/३ वटा गाविसमा गरेको सर्वेक्षणले सप्तरीमा ७०८ जना, सिरहामा ५५४ जना र धनुषामा ३७२ जना हरुवा चरुवा रहेको तथ्यांक सार्वजनिक गरेको छ । यसरी तीन वटा गाविसमा रहेको हरुवा चरुवालाई औसत मान्दा सप्तरीका एक सय १४ गाविसमा रहेको हरुवा चरुवाको सख्या निकाल्दा सप्तरीमा २६ हजार ९ सय ४, सिरहामा १८ हजार १ सय ६१ र धनुषामा १२ हजार ५ सय २४ जना हरुवा/चरुवा काम गरिरहेका देखिन्छन् ।

हरुवा चरुवा बस्ने मध्ये ७६ प्रतिशत भन्दा बढी दलित समुदायको रहेको पाइएको छ । हरुवा चरुवाका विषयमा पूर्वी तराई र केही पहाडी जिल्लामा गरिएको  अध्ययनले करिब ९ प्रतिशत वयस्क पुरुष अर्थात एक लाख ४३ हजार (कुल १६ लाखमध्ये) बधुवा श्रमिकको रुपमा कार्यरत छन् । र, यस्तो बाध्य श्रम पहाडमा (२%) छ भने तराईमा त्यसको पाँचगुणा बढी (१०.५%) देखिन्छ ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.