शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
कर्मचारीको अभाव भन्दै भारु सटही बन्द
साउन ११, २०७४ | सरगम खबर समाचारदाता

शुभ नारायण कामति , श्रावन ११ सिरहा - 
राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय सिरहाले कर्मचारीको अभाव देखाई भारु (भारतीय रुपैया) सटही सेवा बन्द गरेको छ । नेपाल राष्ट्र बैंकले आम सर्वसाधारणहरुलाई छिमेकी मुलुक भारतमा औषधी उपचार, भ्रमण लगायत ध्यानमा राख्दै नेपाली रुपैयाँलाई भारतीय रुपैयाँमा सटही गर्ने गरी व्यवस्था गरेको छ । त्यही नीति अनुरुप नेपाल बाणिज्य बैंक शाखा कार्यालय सिरहालाई समेत भारतीय रुपैयाँको सटही गर्ने गरी सेवा सञ्चान गर्न राष्ट्र बैंकले भारतीय उपलब्ध गराउँदै आएको छ । तर बाणिज्य सिरहाले कर्मचारी अभाव देखाई सर्वसाधारणहरुलाई भारतीय रुपैयाँ सट्ही नगरी रितै फर्काउने गरेको छ । औषधी उपचार गराउन भारतको दरभंगा जान लागेका सिरहा नगरपालिका वडा नं. १२, सारस्वरका प्रधुमन मण्डलले भारतीय रुपैयाँको लागि बाणिज्य बैंक सटही गर्न पुग्दा रितै फर्काएको गुनासो गरे । उनले भने, ‘बिपिको समस्या छ । उपचार गराउन दरभंगा जानुपर्छ । भारु सटही गर्न जादाँ हप्काएर फकाईदियो ।’राष्ट्रिय बैंकले प्रति व्यक्ति १ हजार ३ सय दिनेगरी वाणिज्य बैंकलाई यो सेवा उपलब्ध गराउन भनेको छ । तर वाणिज्य बैंकले सर्वसाधारणलाई यस्तो सेवाबाट बञ्चित गरेका छन् । सहज रुपमा बैंकले उपलब्ध नगराएपछि उपचारका लागि भारत जानेहरुलाई सिमावर्ती माडर बजार र जयनगरमा महगो मूल्य तिर्नु परेको छ । 

माडर र जयनगरमा एक हजार नेपालीलाई भारतीय ६ सय रुपैयाँ दिदै आएको छ । जब कि वाणिज्य बैंकलाई सैयडा १५ पैसा मात्र वढी लिने गरी वितरण गर्न राष्ट्रिय बैंकले भारतीय रुपैयाँ पठाउने गरेको छ ।यता बाणिज्य बैंक सिरहाले सर्वसाधारण नागरीकलाई भारतीय रुपैयाँ उपलब्ध नगराई केही पहुँचबला र कमिसनको प्रलोभनमा एजेन्टहरुलाई उपलब्ध गराउँदै आएको स्रोतको भनाई छ ।शाखाका प्रबन्धक कामेश्वर साहले भारतमा उपचार र तिर्थयात्रा जानको लागि केही रकम उपलब्ध गराएको दाबी गरे । आफूहरुले व्यापारी वा कमिशनको लोभमा नपरी सेवा दिदै आएको बताए । उनले सहज रुपमा दिनुपर्ने सेवा कर्मचारी अभावले दिन नसकिएको स्वीकार गरेका छन् । ३० जना कर्मचारीको दरबन्दी भएकोमा अहिले २१ जनाले काम गर्दा भ्याई नभ्याई छ । जसको असर सट्हीमा पनि परेको प्रबन्धक साहले थपे ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.