शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
१५ हजार घुस सहित सहकारीका खरिदार गर्तौला पक्राउ
साउन ११, २०७४ | सरगम खबर समाचारदाता

लहान २०७४ श्रावन ११ - 
सहकारी डिभिजन कार्यालय लहानका खरिदार सुभाष गर्तौला सहकारी दर्ताको लागि १५ हजार रकम लिएपछि दर्ता गरिदिन लागेकै वेला अखित्यार दुरुपयोग अनुसन्धान आयोग ईटहरीको टोलीले पक्राउ गरेको छ  । बुधवार कार्यालय खुलेकै समयमा योग्य महिला कृषि सहकारी संस्था दर्ताको लागि कार्यालयमा काखे वालक सहित आईपुगेकी सप्तरी राजविराज ११ की प्रतिमा यादवले १५ हजार बुझाएपछि खरिदार गर्तौला धमाधम दर्ता प्रक्रियामा लागेको थियो । सहकारी दर्ताको समय साउन २ गतेदेखि नै बन्द भएको थियो । दर्ताको म्याद भएको समयमा दुई महिना अघि देखि नै सवै प्रक्रिया पुरयाए पनि दर्ता गर्न नचाहेको गर्तौला १५ हजार खुरुखुरु गनिदिएपछि हाँसीहाँसी दर्ता गर्न लाग्दै तपाई पहिले नै रकम तिरेको भए यत्रो दोडधुप गर्नैनपर्ने भनेको प्रतिमा यादवले बताउनु भएको छ । 

सहकारी दर्ताको लागि सवै कागजात र प्रमाण पुगिसकेपछि निःशुल्क दर्ता गरिदिने प्रावधान भएपनि १५ हजार रकम दिएपछि नागरिकताको फोटोकोपी मात्रै बुझाई दिएर सहकारी दर्ता गरिदिने परिपाटी लहानमा रहेको उपभोक्ताहरुको भनाई रहेको छ । अख्तियारको टोली प्रमुख डिएसपी रमेश वस्नेतको अनुसार यस सहकारी कार्यालयमा मोटो रकम लिएर सहकारी दर्ता भईरहेको सुचना पाएपछि १५ हजार रकम खरिदार सुभाष गर्तौला र अर्का कार्यालय सहायक अवतार वास्तौलाको साथवाट प्रतिमा यादवसंग लिएको १५ हजार रकम फेला परेकोले कार्वाही प्रक्रिया पुरयाउन दुवैजनालाई क्षेत्रिय कार्यालय ईटहरीमा वयानको लागि लगेको बताउनुभयो ।लहानका डिभिजन सहकारी कार्यालय सिरहा र सप्तरी दुई जिल्ला हेर्ने जिम्मेवारी पाएको छ । कार्यालय प्रम्ुख राम प्रसाद सुवेदीको अनुसार यस वर्ष सिरहामा ५८ र सप्तरीमा ६९ सहकारी दर्ता भएको हो । कार्यालयमा भईरहेको अनियमितता र घुस लेनदेनवारे आफू केहि जानकार नरहेको भन्दै अख्तियारले एकाएक आएर छापामारेपछि घुस लिएको प्रमाणित भएको घटनाले झसंग भएको सरगम सहकर्मी जिवछ उदासीले जानकारी दिएका छन् । 

 

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.