शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
माछापुच्छ्रे बैंकले एकै साथ शुरु गर्यो ११ वटा स्थानबाट बैंकिङ्ग
साउन १७, २०७४ | फिरोज शेख

फिरोज शेख लहान २०७४ , श्रावन १७ - 
माछापुच्छ्रे बैंक लिमिटेडले एकै दिन थप ६ शाखा कार्यालय, ३ एक्स्टेन्सन काउन्टर तथा २ शाखा रहित बैकिङ्ग सेवाको सुरुवात गरेको छ । बैंकले लहान, दमक , बर्दिवास, सुर्खेत, महेन्द्रनगर र कोहलपुरमा गरी ६ वटा नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको छ ।साथै बैंकले सिरहा जिल्लाको कल्याणपुर गाउँपालिका , तनहुं जिल्लाको भिमाद नगरपालिका तथा कंचनपुर जिल्ला आइबिआरडी पुर्नवास नगरपालिकामा एक्स्टेन्सन काउन्टरहरु संचालनमा ल्याएको छ । त्यसैगरी, बैंकले रुपन्देही स्थित गैंडहवा तथा सम्मरीमाई गाउँपालिकाहरुमा शाखा रहित बैकिङ्गसेवा संचालनमा ल्याएको छ। सिरहाको लहानमा सोमबार एक कार्यक्रमका बीच माछापुच्छ्रे बैंक लिमिटेडका पुर्व अध्यक्ष तथा संसद डाक्टर विरेन्द्र महतोले बैंकको उद्घाटन संगै अवलोकन गर्नु भएको छ। लहान हुलाक नजिक रहेको ओशो भवनमा संचालित उक्त बैंकले बैंकहरुको भिडमा आफ्नो छुटै पहिचान बनाउने र सेवा ग्राहीको घरघर - पसल पसलमा पुगी सेवा प्रदान गर्ने शाखा प्रवन्धक प्रदिप सुवेदीले जानकारी दिएका छन् ।

बैंकले शाखा सुभारम्भ भएको उपलक्ष्यमा निश्चित समयको लागि निःशुल्क डेविट कार्ड उपलब्ध गराउने, कर्जा शुल्कमा ०.२५ प्रतिशत छुट दिने र लकर शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने ईत्यादि सुविधा समेत उपलब्ध गराएको छ । त्यसैगरी, बैंकले यी सवै नयाँ शाखा तथा एक्स्टेन्सन काउन्टर खुल्ने स्थानहरुमा विभिन्न सामाजिक उत्तरदायित्व अन्र्तगतका कार्यक्रमहरु सम्पन्न गरेको छ ।नयाँ शाखा मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । यसका साथै उक्त शाखाहरुमा २४ घण्टा नै रकम झिक्न सकिने आफ्नै एटिएमको सुबिधा समेत उपलब्ध रहेको प्रवन्धक सुवेदीले जानकारी दिएका छन्।यस बैकले २०७३ साल चैत्र मसान्त सम्म ५८ अर्व ४ करोड रुपैयाँ निक्षेप परिचालन गरी ५३ अर्व ५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । साथै, सोही अबधिमा रु. १ अर्व ५१ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको बैंकले जनाएको छ ।बैकले हालसम्म ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ६८ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको जनाएको छ ।

यसै बीच  बैंक उद्घाटनको अवसरमा राम कुमार उमा प्रसाद स्मारक अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल संगै अस्पताललाई पानि फिल्टर गर्ने मेशिस समेत प्रदान गरिएको बैंकमा आवध रिना चौधरीले जानकारी दिए ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.