शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सप्तरीमा कुकर बम विस्फोट , मोर्चाले लियो जिम्मा
साउन २२, २०७४ | सरगम खबर समाचारदाता

सप्तरीको सुरुङ्गा नगरपालिका–६ श्रीपुरमा प्रहरी भ्यानलाई लक्षित गरी बम बिस्फोट हुँदा चारजना प्रहरी घाइते भएका छन् । शनिबार राति गस्तीमा रहेको प्रहरी टोलीको बा १ झ ७३९२ नम्बरको प्रहरी भ्यानलाई लक्षित गरी श्रीपुरमा प्रेसर कुकर बमबाट बनाइएको एम्बुस बिस्फोट भएको हो ।बिस्फोटनमा परि प्रहरी निरीक्षक राजेन्द्र यादवसहित चारजना प्रहरी घाइते भएका छन् । घाइतेमध्ये प्रहरी निरीक्षक यादवको अवस्था गम्भीर रहेको सप्तरीका एसपी मुकेशकुमार सिंहले जानकारी दिनुभएको छ । घाइते सबैको लहान स्थित राम कुमार उमा प्रसाद स्मारक अस्पतालमा उपचार भइरहेको छ । भ्यानमा १२ जना प्रहरी रहेकोमा अरु ८ जनालाई भने चोट लागेको छैन ।

राति साढे ११ बजे भएको बिस्फोटको जिम्मेवारी प्रगतिशील तराई मुक्ति मोर्चाले लिएको छ । मोर्चाका अध्यक्ष सिजन कुमारले फोन गरेर घटनाको जिम्मेवारी लिएको प्रहरीले जनाएको छ ।घटनामा संलग्न कोही पनि पक्राउ नपरेको तर खोजी भइरहेको एसपी सिंहले बताउनुभयो । घटनास्थल सप्तरी सदरमुकामबाट ३० किलोमिटर पर रहेको र अहिले जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको उहाँले बताउनुभयो । 

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.