शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सप्तरीको खाँडो खोलमा बाँध भत्किंदा एक जना बेपत्ता
साउन २६, २०७४ | सरगम खबर समाचारदाता

सप्तरी, साउन २६ गते।
अविरल वर्षाका कारण सप्तरीको खाँडो खोलाको बाँध भत्किंदा बाढीले बगाई एक जना बेपत्ता भएका छन्।सप्तरीको राजविराज नगरपालिका १५ देउरी भरुवास्थित खाँडो खोलामा आएको बाढीले पश्चिमतर्फको बाँध भत्किएको छ। सो बाँध निर्माण गर्ने क्रममा डिल भत्किंदा स्थानीय डुमी यादवलाई पुरिएको छ। उनलाई खोलामा आएको बाढीले बगाई बेपत्ता बनाएकोले बाँध निर्माणमा खटिएका नेपाली सेना, नेपाल प्रहरीको टोलीबाट खोजी कार्य भई रहेको छ।सोही खोलाको बाढीले तिलाठी कोइलाडी गाउँपालिका १ र ३ सखरपुरा गाउमा रहेको एक दर्जन घर डुबानमा समेत परेको छ। उक्त स्थानमा प्रहरी चौकी तिलाठीबाट टोली खटि गई उद्दार कार्य भई रहेको छ।

त्यस्तै सप्तकोशी नदीमा पानीको बहाव बढेपछि हनुमाननगरकंकालिनी नगरपालिका ७ स्थित मुसहरी टोलमा रहेको अन्दाजी ५०/५५ वटा घरमा पानी पसेर दुई फिट जति डुबान भएको छ।कोशीको पानीले सोही नगरपालिका १४ डलुवास्थित एक दर्जन बढी घर जोखिममा रहेको समेत जानकारी प्राप्त भएको छ। उक्त स्थानमा इलाका प्रहरी कार्यालय हनुमानगरबाट टोली खटि गई उद्दार कार्य भई रहेको छ।त्यसैगरी सप्तरीको कंचनरुप नगरपालिका ७ स्थित बान्द्रा खोलाको बाँध भत्किंदा स्थानीय गणेश विष्टको पाँच कठ्ठा धानबाली र कपिल खड्काको तीन कठ्ठा जमीनमा पानी पसेर क्षती भएको छ।

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.