शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा बिभिन्न संघसंस्थाहरु द्वारा राहत वितरण
साउन ३०, २०७४ | फिरोज शेख

फिरोज शेख लहान २०७४ श्रावन ३० - 
सिरहाको लहान १ मा अवस्थित दलित वस्तीमा विगत ५ दिनदेखि परेको अविरल बर्षाका कारण पिडित दलित परिवारहरुलाई आइतबार बिभिन्न संघ संस्थाहरुले राहत वितरण गरेका छन् । लाइन्स कल्ब अफ लहान सिटि र रेडक्रस सोसाइटी लहानको संयुक्त समन्वयमा ४० घर परिवारलाइ चिउरा ५/५ किलो , मुर्ही २ किलो ,दालमुड १ किलो , नुन १ किलो ,चाउचाउ ३ प्याकेट र त्रिपाल १ थान राहत वितरण गरिएको लाइन्स कल्ब २०१७ - १८ का जोन चेयर पर्सन चक्रपानि दाहालले जानकारी  दिनु भएको छ।

त्यस्तै मारवाडी सेवा समिति लहानले  त्रिपाल ,साडी , म्याट ,कपडा ,चियुरामुर्ही , दालमोड , नुन लगायतका राहत सामग्री वितरण गरेको छ । यसै बीच लहान नगरपालिकाले चिउरा , मुर्हरी ,दालमुड र नुन वितरण गरेका छन् ।
यता मानव अधिकार संरक्षण केन्द संजाल सिरहा , ओरेक नेपाल सिराहा , महिला मानवअधिकार रक्षक संजाल , ईहिकन नेपाल र  मुक्ति नेपालको संयुक्त  समन्वयमा दलित परिवारका महिला तथा बालबालिकाका लागी राहत स्वरूप बिस्कुट ,चाउचाउ , दालमोड र सेफ्टीप्याड लगायतका सामग्री वितरण गरेका छन्।

रेडियो सरगमले आफ्नो सातौ वार्षिक उत्सव
आश्वीन ११, २०८० | सरगम खबर समाचारदाता
यामाहा द्वारा FZ -S V3 को
भाद्र २८, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.