शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
धुर्मुस सुन्तली पाउन्डेशन र LMC द्वारा मिर्जापुर संगै ओरहीमा राहत
भाद्र १, २०७४ | सरगम खबर समाचारदाता

सरगम समाचारदाता - 
लहान, भाद्र १ गते । सिरहाको दक्षिणी भेगमा पर्ने सखुवा नन्कारकाटी गाँउपालिका ३ मा अवस्थित बिकट गाँउ मिर्जापुरका वाढी  पिडित सदाय दलित वस्तीमा धुर्मुस सुन्तली पाउनडेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुस आफै पिडितहरुको घर घरमा गई पिडितहरुको कथा व्याथा सुनेर बुधबार राहत वितरण गर्नु भएको छ । त्यस गाँउमा भभरा नदीको पानी पसेर तिन घरका सदाय समूदाय पूर्ण रुपमा वाढीको चपेटामा परेका छन भन्ने १७ घरका सदाय आंशिक रुपमा पिडत भएका सवै घरपरिवारमा च्यूरा , चामल , च्याउ च्याउ, दाल तेल , मसाला वितरण गर्दै धुर्मुसले यस ठाँउको दलित वस्तीको पिडा मैले बुझे यस ठाँउमा यस फाउनडेशनवाट एकिकृत वस्ती बनाउन फेरि आउने भन्नेपछि त्यस गाँउका दलितहरुले गाँउमा कतावाट यस्तो पिडामा आँसु पुछन भगवान नै बनेर आयो भन्नेर धुर्मुसलाई त्यस गाँउका पिडितहरु संगै बृद्ध वृद्धाहरुले लामो आयूको कामना पनि गरेका थिए । 

विलक्षण सदाय , कारी देवी सदाय र संजीव सदायको घरमा अझै पनि पानी सुखेको छैन । पिडित तिनै परिवाले के खाने काहा जाने बच्चाहरु खान नपाएर छटपटाई रहेको अवस्थामा च्युरा , चामल लगायतका दस दिन पुग्ने राहत आफूहरुको लागि भोकाएको वेला अमृत जस्तै भएको भन्दै राती सर्पको विगविगी रहेकोले वस्न त्रिपाल र टर्चको आवश्यकक्ता रहेको पिडा पोखेका छन । 

त्यस गाँउमा अहिले सम्म राहत वितरणको लागि स्थानीय निकाय ,राजनीतिक दलहरु कोही नपुगेको वेला वाहिरको धुर्मुस सुन्तली फाउनडेशनले पहिलो पटक आएर वाढी पिडितहरुलाई राहत वितरण गरेकोमा त्यस गाविसका पूर्व अध्यक्ष राम नारायण यादवले भने , हामीले गर्न नसकेको काम धुर्मुसले आएर गरि दिएपछि आफूहरुलाई पनि केहि गर्नैपर्ने वाध्य बानाई दिएको छ । धुर्मुस लाई त्यस विकट गाँउमा राहत वितरण गर्नमा दरवार होटेलका संचालक विरेन्द्र साह , होटेल व्यवसायी संघका अध्यक्ष उमेश साह , राम कुमार गुप्ता संगै संचारकर्मीहरु मिथिलेश यादव ,जिबछ उदासी ,भरत जर्घा मगर,फिरोज शेख,राज कुमार राउत,गायत्री सिंह लगायतले सहयोग गरेका थिए। 

यसै बीच एल एमसी कलेज तथा विद्यापति क्याम्पस लहानका शिक्षकहरुको समुहले सिरहा जिल्लाको ओरही गाउपालिका वार्ड न.४ को नव टोलि र इटाटार टोल मा वाढी बाट पिडित भएका ५० घरधुरिलाई राहत सामग्री वितरण गरेका छन्। एल एमसी कलेज तथा विद्यापति क्याम्पस लहानका अध्यक्ष राजा बाबु साहले दिएको जानकारी अनुसार वाढी बाट पिडित भएका प्रत्येक घर - परिवारलाई ३ किलो भुजा , ३ किलो चिउरा, १ किलो दालमोड, ५ प्याकेट बिस्कुट ,५ प्याकेट वाई वाई चाउचाउ र १ किलो आयो नुन दिदै ५० घर - परिवारलाई राहत वितरण गरेका छन्। राहत वितरण कार्यक्रममा शिक्षक अरबिन्द महरा , परमानन्द यादव, भरत साह र जिबछ यादव संगै कलेजमा अध्यनरत विद्यार्थीहरुको उपस्थिति तथा सहयोग रहेको अध्यक्ष साहले बताए।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.