शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान सिटी जेसिजद्धारा राहत सामाग्री वितरण
भाद्र २, २०७४ | फिरोज शेख

फिरोज शेख लहान २०७४ भाद्र २ - 
बाढीका कारण प्रभावित बनेका दलित तथा विपन्न परिवारका लागि लहान सिटी जेसीजले राहत सामाग्री वितरण गरेको छ । लहान सिटी जेसिजले सिरहाको सिरहा नगरपालिका वडा नं. ६ बसविट्टा पासवान टोल मा ५६ दलित परिवार र वडा नंं. १२ सदाय टोल र सारस्वर मुस्लिम टोलमा ५४ घर संगै कल्याणपुर नगरपािलका वेल्हामा ३० परिवार गरि जम्मा १४० परिवारलाई प्रति परिवार ३ किलो च्युरा, ३ किलो  मुरही, १ किलो दालमोट, ६ प्याकेट  विस्कुट, ५ प्याकेट चाउचाउ र १ किलो नुन वितरण गरिएको जेसिजका अध्यक्ष सत्य नारायण पंजियारले जानकारी दिनु भयो ।

राधा पौडेल फाउण्डेशन चितवनबाट प्राप्त १४ बोरा च्युरा सहित अन्य राहत सामाग्रीहरु लहान सिटी जेसाीजले उपलव्ध गराएको थियो ।गत साता भएको अविरल वर्षाका कारण र कमला नदिको बाढी यस सिरहा जिल्लाका पुर्वी तथा दक्षिणी क्षेत्रमा पसि हजारौं घर डुवानमा परेका छन्। भने केही  विस्थापित परिवार लाई सडक तथा सार्वजनिक विधालयहरुमा अस्थाई शिविर बनाई सुरक्षाकर्मीहरुले राखेका छन्। हाल त्यस क्षेत्रमा पानी सुक्दै गएतापनि दलित बस्तिका कमजोर फुसका कच्चि घरहरुको बेराहरु भत्किएकोले त्यहा बस्न असुरक्षित रहेको स्थानीयहरुलाई उध्रिध गर्दै अधिकारकर्मी सुनिल साहले जानकारी दिनुभएको छ ।

रेडियो सरगमले आफ्नो सातौ वार्षिक उत्सव
आश्वीन ११, २०८० | सरगम खबर समाचारदाता
यामाहा द्वारा FZ -S V3 को
भाद्र २८, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.