शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
अवैध लागू औषध सहित तिन पक्राउ
भाद्र ५, २०७४ | सरगम खबर समाचारदाता

लहान २०७४ भाद्र ५ - 
सिरहा प्रहरीको गस्ती टोलीले अवैध लागू औषध सहित एक जना लाई पक्राउ गरेको छ। जिल्ला सिराहा भगवानपुर गाँउ पालिका वडा नं.४ स्थित लहान ठाडी सडक खण्डमा प्रहरी चौकी.ठाडीबाट खटिएको प्रहरी गस्ती टोलीले जिल्ला सिराहा साविक सखुवानन्कारकट्टी गाविस वडा नं.९ हाल सखुवानन्कारकट्टी गाँउपालिका वडा नं.४ बस्ने राम दयाल यादवको छोरा वर्ष २३ को देव कुमार यादवलाई नियन्त्रणमा लिई शरिर तथा उनले बोकेको कालो पोलथिनको झोला चेक जाँच गर्दा कालो पोलथिनको झोला भित्रबाट अवैध लागु औषध १०० एम.एल.को डाईलेक्स डि.सि.उन्नाईस (१९) बोतल फेला परेको प्रहरीले जनाएको छ। पक्राउ परेका देव कुमार यादव लाई इलाका प्रहरी कार्यलय लहानमा राखी थप अनुशन्धान भईरहेको छ।

यसै बीच  प्रहरीले नागढुङ्गाबाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।दुई छुट्टाछुट्टै यात्रुबाहक बसमा आगुऔषध लिएर काठमाडौं जादै गरेका दुई जनालाई चेकजाँचका क्रममा प्रहरी प्रभाग नागढुङगाले पक्राउ गरेको हो ।सप्तरीबाट काठमाडौं आउँदै गरेको ना ५ ख ३७८७ नं. को बसमा लागुऔषधसहित आएका सप्तरी बादेवरसाइन नगरपालिका-१ का २२ वर्षे चित्ररन्जन पण्डितलाई प्रहरीले डाइजेल्याव, नुफिर्न, फेनार्गन ५०/५० एम्पुल गरी १५० एम्पुल लागुऔषधसहित पक्राउ गरेको हो । उनको सहयोगबाट शान्तिनगर वानेश्वर बस्ने २३ वर्षे भुषण सुनारलाई पनि पक्राउ गरी अनुसन्धान सुरु गरिएको नागढुङ्गा प्रहरी प्रभागका प्रहरी निरीक्षक ऋषिराम घर्ती मगरले जानकारी दिए । सोमबार नै प्रहरीले सिराहाबाट काठमाडौं जादै गरेको ना ६ ख ४५४० नं. को यात्रुबाहक बसमा लागुऔषध ल्याएर आएका पाँचथर तुम्बेवा गाउँपालिकाका-१ का २४ वर्षे विशाल दाहाललाई पक्राउ गरेको छ । दाहालको साथबाट २०० थाप नाइट्राजेपाम ट्याब्लेट बरामद गरिएको प्रहरी निरीक्षक घर्तीले मगरले जानकारी दिए ।

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.