शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
डोली अनाथ बालबालिकाहरुसँग आफनो जन्म दिन मनाइन
भाद्र ६, २०७४ | शुभ नारायण यादव

शुभ नारायण यादव - 
सप्तरी, ६ भाद्र। मिथिलाकी सुप्रसिद्ध कलाकार डोली सरकारले राजविराजका अनाथ बालबालिकाहरुसँग आफनो जन्म दिन सोमबार मनाएकी छिन ।सानै उमेरदेखि कलाकारिता लागेकी सप्तरीको राजविराज नगरपालिका निवासी सुप्रसिद्ध कलाकार डोली सोमबारदेखि २५ वर्ष पुरा गरी २६ औं वर्षमा प्रवेश गरेको अवसरमा राजविराजका अनाथ बालबालिकाहरुसँग अन्य वर्ष झै यस वर्ष पनि रमाएर आफनो जन्मदिन मनाएका हुन । सो अवसरमा अनाथ बालबालिकाहरुलाई लुडो ,ब्याडमिन्टन ,कर्क ,क्रिकेट लगायतका खेलकुदका सामग्रीहरु समेत प्रदान गरेको छ । त्यस्तै आफनो जन्म दिनको अवसरमा अनाथ बालबालिकाहरुका लागि दिउँसोको खाजाको समेत व्यवस्था कलाकार डोलीले गरेको बताईन ।

सोही अवसरमा नेपाल पत्रकार महासंघका उपाध्यक्ष श्याम सुन्दर यादव ,प्रसिद्ध गायिका अंजु यादव ,पत्रकारद्धय शुभ नारायण यादव ,विद्यानन्द राम सहित अनाथ बालबालिकाहरुको उपस्थिति रहेको थियो । कलाकार डोलीले दर्जनौ मैथिली ,भोजपुरी ,बंङ्गाली ,नेपाली पिल्म तथा सिरियलहरुमा आफनो कला प्रस्तुत गरिसक्नुभएको छ भने केही दिनपछि डोलीको नेपाली र मैथिली भाषाको भोर नामक टेलिफिल्म बजारमा आउने तयारीमा रहेको डोलीले बताईन ।

भोजपुरी नायिका अक्षरा सिंह आज लहान
बैशाख ६, २०८१ | फिरोज शेख
गीतकार समिर खानको हिन्दी गीत “ओ
मंसिर २, २०७९ | फिरोज शेख
अश्लिल गीत गाउनेलाई कार्वाही गर्न गायक
साउन २१, २०७९ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.