शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
मोटरसाईकलको ठक्करबाट १ को मृत्यु
भाद्र ८, २०७४ | सरगम खबर समाचारदाता

सिरहा २०७४ भाद्र ८ - 
सिरहाको नराह गाउँपालिका ५ मा बुधबार मोटरसाईकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ। चोहर्वा सिरहा सडक खण्डमा चेहर्वातर्फ जाँदै गरेको स ३ प ८४३१ नम्बरको मोटरसाईकलको बाटो काट्ने क्रममा ठक्कर दिएको थियो। ठक्करबाट सोही गाउँपालिका ४ बस्ने ५८ बर्षिया धनेश्वरी देवी यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय बिष्णुपुरले जनाएको छ। ठक्कर दिने मोटरसाईकल र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.