शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
मोतिपुरका वाढी पिडितलाई गगन थापाको मायाले भरिएको वाल्टिन
भाद्र ९, २०७४ | सरगम खबर समाचारदाता

जिवछ उदासी - 
लहान, भदौ ९ गते । लहान २० दलित वस्तीका वाढीपिडितहरुलाई विपत्तिको बखतमा राहत स्वरुप पूर्व स्वास्थ्य मन्त्री तथा सांसद गगन थाले पठाएको मायाले भरिएको वाल्टिन नेपाल विधार्थी संघको अगुवाईमा वितरण गरेको छ । नेविसंघको सह महामन्त्री प्रमेश्वर साहले वाढी पिडित वस्तीमै पुगेर मायाले चरिएको बाल्टिनमा पानी खाने मग , टर्च एक थान , जीवनजल पाँच थान तिन किलो चावल तार पोका च्याउच्याउ गरि ५० घरपरिवारलाई राहत वितरण गरेको थियो । राहत वितरण कार्यक्रममा नेविसंघका सह महामन्त्री साह र जिल्ला नेता मो. मुस्ताकले पूर्व स्वास्थ्य मन्त्री आफै आउनु हुने कार्यक्रम रहे पनि कार्य व्यवस्तताले आउन नसकेकोले उहाँले पठाएको मायाले भरिएको वाल्टिन लिएर आफूहरु आएको भन्दै वाढी पिडितहरुको समस्या बुझन काँग्रेस र त्यसका भार्ती संगठन नेपाल विधार्थी संघ आवश्यक सहयोग गर्न तयार पटक पटक आउने विश्वास दिलाउनु भएको थियो । नेविसंघको यस कार्यलाई राहत पिडितहरुले मुक्तकण्ठाले प्रशंसा गर्दै दिर्घआयू वाँच्ने आशीर्वाद समेत वाढी पिडितहरुले दिएका थिए । 

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.