शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
पर्वसंगै वढयो वजारमा व्यापार र घरघरमा सरसफाई
भाद्र ९, २०७४ | सरगम खबर समाचारदाता

जिवछ उदासी - 
लहान , भदौ ९ गते ।तराई मधेशमा अरु वेलाको तुलनामा पर्वको आगमनसंगै वाजारमा व्यापार र घरघरमा सरसफाई वढी हुने गर्दछ । यसको असर लहानमा पनि देखिएको छ ।लहानको व्यापार पनि हवातै वढेको छ भन्ने सरसफाई पनि वढेर लहान सुन्दर देखिन थालेको छ । लहानको लोकतान्त्रिक चोकमा रहेको तरकारी वजारमा तरकारकारी र फलफ्रलको विक्री हवातै वढेको छ भन्ने किराणा  र कपडा पसलमा समेत भीड बढेको छ । चौठी चाँद पर्वदेखि छठ पर्वसम्म व्यापारले व्यापारीहरु उत्साहित हुने गर्छ भन्ने गाँउ ठाँउ हरेक वजार चोकमासरसफाई पनि त्यतिकै सन्तोषजनक रहने गर्दछ । 

मैथिलीमा एउटा भनाई चौरचन्द पसारे छैठ उसारे भन्नुको अर्थ चौठी चाँददेखि छठसम्म चौठी चाँद सकेलगतै २०पछि जितिया , जितिया सकेलगतै२०पछि दशै र दशै सकेलगतै २०पछि दिपावली र दिपावली लगतै ६ दिनपछि मनाईने छठपर्वको दुई महिनासम्म स्थानीय हाटवजार र ठूला शहरवजारसम्म किनवेचको वढी हुने गरेकोले यस अवधीमा हिन्दुहरुले विभिन्न पर्वमा चढाउने खाद्य सामग्रीदेखि लिएर लुगाकपडाको वढी खरिद गर्ने भएकोले वजारको रौणकता र व्यापारीहरुको हौसला बुलन्द हुने गरेको उद्योग वाणिज्य संघ लहान सिरहाका महासचिव वसन्त साहको भनाई रहेको छ ।उहाँको अनुसार यस दुई महिनामा लहानको व्यापार मात्रै करौडोमा हुन्छ । व्यापारीहरु रंगविरंगका लुगाकपडा र किराणा पसलहरुमा चाहिने आवश्यक सामग्री ल्याउने काम सुरु गरिसकेको छ । दुई महिना पर्वले व्यापारमा उत्साह ल्याउछ भन्ने फागुन देखि तराई मधेशमा विहेको समयमा व्यापार वढछ । जाडो र गर्मिले समेत लुगाकपडाको व्यापारमा समेत अनुकुलता थप्ने गरेको महासचिव साहको भनाई रहेको छ । 

लहानको सरसफाई अभियानमा लाग्नु भएको साज कुमार आले र रिणा चौधरी भन्नुहुन्छ –लहानमा १३७ औ हप्ता शनिवारे सरसफाई अभियान चलायौ । सरसफाई सन्तोषजनक देखिएन । तर चौठी चाँद पर्वसंगै स्वर्तफूर्त रुपमा सरसफाई सन्तोषजनक देखिन थाल्यो । चाडपर्वमा के दलित के गरिव सवै वर्गले आफनो घर आँगन वरिपरि सरसफाईमा वढी ध्यान दिने परम्परा नै रहेको छ । यसैलाई ध्यानमा राखेर लहान नगरपालिकाले समेत सरसफाईमा यति वेला वढी सक्रिय भएको हो । चौठी चाँद पर्वको अवसरमा हिन्दुहरुले केरा , तरकारी , दुध र घरपरिवारको सदस्यहरुको संख्या अनुसरा माटोको नयाँ भाडो मटकुरीमा दही जमाएर साझको उदाउदो चन्द्रलाई नयाँ सारी वस्त्र लगाई अर्घ दिई चामलको पुरी दही खिर फलफूल खाने प्रचलन रहेकोले लहानको लोकता्िन्त्रक चोकमा विहानै ठूलो वजार लागेको थियो । यस पर्वको अवसरमा २५० घर रहेको क्म्हार जातीले माटोको भाडो कोसिया दिपको लाखौको व्यापार गरेको लहान ४ का वलराम पडितको भनाई रहेको छ । 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.