शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहामा ३ जना महिलाको कपाल (चोटी) काटियो , निमको रुखमा
भाद्र ११, २०७४ | फिरोज शेख

फिरोज शेख लहान २०७४ - भाद्र ११ 
भारतको बँगाल, विहार लगायत अन्य ठाउँमा ‘चोटी कटुवा ’ को हल्ला जोडतोडले फैलिरहेको बेला सिरहामा पनि ३ जनाको दिनदहाडै कपाल (चोटी) काटिएको छ। लहाननगरपालिकामा सनिबार दिनको १ बजे लहान न.पा-५ बस्ने मो. सुलेमान मियाको छोरी बर्ष १२ की नजराना खातुन बजारबाट घर फर्कदै गर्दा बाटोमा दिदी मर्जिना खातुनले बोलाएको र पछाडि फर्की हेर्दा कोहि नरहेको समयमा कपाल काटिएको नजराना खातुनले बताएकी छिन। नजरानाको अबस्था सामान्य रहेको परिवारजनले जनाएको छ । त्यस्तै लहान ५ बस्ने कलाम हुसेनको श्रीमती बर्ष २५ की सबनम खातुनको पनि सनिबार दिनको ३ बजे कपाल काटिएको परिवारजनले जानकारी दिएका छन्। टाउकोमा केही हिडेको जस्तो अनुभव भएकोले तत्काल नर्भस भएको र सोही समयमा कपाल केही मात्रामा झरेको थियो । सबनम केहि बेर अचेत भएपनि अहिले अबस्था सामान्य रहेको स्थानीयले जानकारी दिएका छन्।झरेको कपाल अनुसन्धानको लागि इलाका प्रहरी कार्यलय लहानमा ल्याइएको प्रहरीले जनाएको छ। कपाल काटेको घटनाले लहानवासी त्रसित भएका छन्। यो घटना भए संगै महिलाहरुले आ -आफ्नो कपालमा निमको पात लिएर हिन्न थालेकी छिन भने घरको मूल द्वारमा निमको झार राख्न थालेका छन्। कसैले निमको झार कपाल र  घरको मूलद्वारमा राखे अदृश्य शक्तिले नछुने हल्ला फैलाए संगै लहान बजार भित्र रहेको अधिकांस निमको रुखमा मान्छेहरुको घुइचो देखिएको थियो। 

यसै बीच सिरहा नगरपालिका वडा नं. १४ बस्ने गणेश पासमानकी १८ बर्षिया छोरी अमृता पासमानको शनिबार साँझ कपाल काटिएको हो ।शौचालय गएर फर्केकी पासमानलाई अदृश्य शक्तिले साँझ करिब ६ बजे तिर कपाल काटेको परिवारजनले बताएका छन् । कपाल काटिएको थाहा पाएपछि टाउको बेस्सरी दुख्न थालेको भन्दै चिच्याउँदा चिच्याँउदै बेहोस भएपछि उपचारको लागि जिल्ला अस्पताल सिरहा ल्याएको परिवारजनले बताएका छन् । बेहोस भएको पासमानलाई जिल्ला अस्पताल सिरहामा सामान्य उपचार गरी थप उपचारको लागि बिराटनगर रेफर गरिएको जिल्ला अस्पताल सिरहाले जनाएको छ ।यता बेहोस भएकी पासमानको कपाल कसैले नकाटेको र पहिला देखि नै बेहोस हुने समस्या रहेकोले कपाल काटने हल्ला मात्र रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी राजन भेटवालले बताएका छन् ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.