शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
टाटा सुमो दुर्घटनमा एकको मृत्यु ३ घाइते
भाद्र १६, २०७४ | सरगम खबर समाचारदाता

सिरहा, भाद्र १६ गते।
सिरहाको धनगढीमाई नगरपालिका-१० स्थित पूर्ब पश्चिम लोकमार्गमा विहीबार टाटा सुमो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्।पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना १ ज ३५७२ नम्बरको टाटा सुमो आँफै अनियन्त्रित भई सडक छेउको आँपको रुखमा ठोक्किएको थियो।दुर्घटनामा परी सुमोमा सवार चालक उदयपुर कटारी नगरपालिका बस्ने बिजय कुमार श्रेष्ठ, औचु लामा, अर्जुन तामाङ, राजेश श्रेष्ठ घाईते भएका हुन्। घाईते मध्ये औचु लामाको उपचारको क्रममा न्युरो अस्पताल बिराटनगरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय धनगढीले जनाएको छ।अन्य घाईतेहरुको बिराटनगर र स्थानीय अस्पतालमा उपचार भईरहेको छ। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.