शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहा सहित देशै भर बकर इद पर्व मनाइदै
भाद्र १७, २०७४ | फिरोज शेख

फिरोज शेख लहान २०७४ भाद्र १७ - 
इस्लाम धर्मालम्बीहरु आज धुमधामका साथ सिरहा सहित देशै भर बकर इद अर्थात् इद उल जोहा पर्व उल्लासमय वातावरणमा मनाइरहेका छन् । सो धर्मालम्बीहरुले इदपछिको ठूलो पर्व बकरिदमा कुवानी गर्ने अर्थात् बलिदानीको पर्वका रुपमा मनाउदै आइरहेका छन्। यो पर्व तिन दिन सम्म मनाउने परम्परा भएको हुदा आज सनिबार परेकोले सरकारले यस पर्वको उपलक्ष्यमा आइतबार देशभर सार्वजनिक विदा दिएको छ । यस पर्वको अवसरमा कतिपय इस्लाम धर्मालम्बीहर आफ्नो सबैभन्दा ठूलो धार्मिकस्थल साउदी अरबको मक्का मदिनामा गएर यो पर्व मनाउने गर्छन् । जसलाई हज भनिन्छ । यो पर्व तराईको सिरहा ,सप्तरी , सुनसरी , धनुषा , महोतरी , मोरङ, झापा, सर्लाही लगायत देशै भर बिहानैदेखि धुमधामका साथ मनाइँदैछ।

इदुलफित्रको ठीक ७०औँ दिनमा मनाइने गरिएको यस पर्वमा मुस्लिम समुदायले पूर्णरुपले चोखो भएर इदगाह वा मस्जिदमा गएर नवाज पढ्ने गर्दछन । त्यसपछि, एकापसमा आलिङ्गन गरेर भातृत्वको सन्देश प्रवाह गर्छन् ।यस पर्वको मुख्य उद्देश्य कुरवानी भएकाले खसी, उट , भैँसी र बाँझो पाठीलाई बलिदानी दिने गर्छन् ।इस्लाम धर्मग्रन्थअनुसार, अल्लाहका इब्राहिम अलि सलामले ८० वर्षको उमेरमा आफ्नी पत्नी हाजराको गर्भबाट जन्मिएको छोरा इस्माइल अलि सलामलाई अल्लाहको आदेशमा कुरवानी दिन गएका थिए ।तर, अल्लाहले इब्राहिम अलि सलामको यो कदमबाट निकै प्रसन्न भएर उनको कुरवानी स्वीकार गरी छोरा इस्माइलको ठाउँमा भेँडाको कुरवानी लिएको थियो । सोही दिनदेखि इब्राहिमको सम्झनास्वरुप यो पर्व मनाउन थालिएको हो ।यस पर्वमा कुरवानी दिएको जनावरको मासुको तीन भाग लगाइन्छ । एक भाग आफ्ना लागि, एक भाग इष्टमित्र र एक भाग गरिब दीनदुःखीबीच बाँड्नुपर्ने नियम रहेको छ । यो पर्व तीन दिन मनाइने गरिन्छ ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.