शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
एमालेका मेयर उम्मेदवार मुन्नी साहको घर अगाडी बम बिष्फोट
भाद्र २०, २०७४ | सरगम खबर समाचारदाता

लहान, २०७४ भदौं २० - 
आगामी असोज २ गते हुन लागेको स्थानीय तहमा एमालेबाट लहान नगरपालिकाका उम्मेदवार मुन्नी साहको घरको अगाडी भागमा बम बिष्फोट गराइएको छ । एमाले केन्द्रीय प्रचार बिभागले पार्टी मुख्यालयमा पत्रकार सम्मेलन गरी उम्मेदवार घोषणा गरेको केही समयपछि नै मेयरका उम्मेदवार साहको लहान-५ स्थित घरको छेउमा रहेको गुहाली घर नजिक अज्ञात समुहले बम बिष्फोट गराएको हो । साह लहानमा लोकप्रिय नेता र जनताका सवै काममा सहयोगी रहेको कारण जित शुनिश्चित भएपछि सत्तारुढ दल कांग्रेस, माओवादी केन्द्र, राजपाको डिजाइनमा हतोत्साही बनाउन बम बिष्फोट गराइएको हुन् सक्ने स्थानीय मतदाताको आशंका छ ।साहलाई एमाले प्रवेश गरेपछि सत्तारुढ दलका कार्यकर्ताले भूमिगत सुमुह लगाएर ज्यान मार्ने धम्की दिइसकेका छन । तर कसैसामु नझुक्दै जनताको सेवा गर्न साह मेयरको उम्मेदवार बनेपछि यस्तो काम गराइएको हो । टिफिन बम घरलाई लक्षित गरि प्रहार गरे पनि घरमा नगइ मूल ढोकामा लागेर बाहिर रहेको गुहाली घर नजिक बिष्फोट भएको छ। प्रहरीले घटनामा संलग्नको खोजी गरिरहेको छ भने कसैले पनि घटनाको जिम्मेवारी लिएको छैन । 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.