शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
टिकट बितरण बिवादले सिरहामा देउवा पक्ष र पौडेल पक्षधरबीच कुटाकुट
भाद्र २१, २०७४ | सरगम खबर समाचारदाता

शुभनारायण कामती/सिरहा भाद्र २१ - 
टिकट बितरणमा बिवाद हुँदा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरबीच कुटाकुट भएको छ । बरिष्ठ नेता पौडेल पक्षधर पूर्व मन्त्री सितादेवी यादव र सभापति देउवा पक्षधर जिल्ला सभापति रामचन्द्र यादव पक्षबीच आज पार्टी कार्यालयमै कुटाकुट भएको हो ।


दुई पक्षबीच भएको झडपमा देउवा पक्षधर १३ जना घाइते भएका छन । घाइते हुनेहरुमा ३ नम्बर क्षेत्रीय सभापति सञ्जय यादवसहित बुधन यादव, देवनाथ सहनी, लट्टु राई, राजेश्वर यादव, रामबाबु यादव, कामेश्वर यादव, मुकेशकुमार यादव, सर्जितकुमार साह, मनोजकुमार यादव, शत्रुघन यादव, जगदिश यादव रहेका छन । घाइतेहरुको टाउको र शरीरमा चोट लागेको छ ।सभापति देउवा पक्षले ३ नम्बर क्षेत्रको टिकट बितरणमा आफूखुसी गर्दै इमान्दार कांग्रेसलाई पाखा लगाएको र पैसामा टिकट बितरण गरेको कारण बिवाद चर्किएको पौडेल पक्षधरको भनाई छ । सोही बिवादमा दोहोरा झडप हुँदा घाइते भएका हुन ।

टिकट बितरणलाई लिएर दुवै पक्ष एक अर्कामाथि खनिएपछि पार्टी कार्यालय नै रणभूमी बनेको थियो । झडपका क्रममा दुवै पक्षले एक अर्कापक्षबिरुद्ध नारावाजी गरेका थिए । सिरहामा संस्थापनको नेतृत्व सभापति रामचन्द्र यादव र सचिव उपेन्द यादवले गर्दै आउनु भएको छ भने पौडेल पक्षको नेतृत्व पूर्व मन्त्री तथा कपूर्व केन्द्रीय कोषाध्यक्षसमेत रहनु भएकी नेतृ सीतादेवी यादवले गर्नुभएको छ । उम्मेदवारी मनोनयनकै दिन सभापति र सचिवले पैसाको आधारमा टिकट दिएको भन्दै पूर्व केन्द्रीय कोषाध्यक्ष यादवसहित पौडेल पक्षधर नेता कार्यकर्ता आक्रोशित बनेका हुन ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.