शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
प्रतिवद्धता पुरा गरेर देखाउने निर्वाचित लहान नगर प्रमुखको भनाई
आश्वीन ७, २०७४ | सरगम खबर समाचारदाता

२०७४ लहान असोज ७  - 
शनिवार विहानै निर्वाचित हुनु भएको लहान नगरपालिकाको नगर प्रमुख मुनि साहले नगरवासीसंग गरेको पतिवद्धता पुरा गरेर देखाउने बताउनु भएको छ । 
लहान नगरपालिकाको २४ वटै वाडाको निर्वाचन परिणाम शनिवार विहान सार्वजानिक गरिएको थियो । निर्वाचित नगर प्रमुख साहले दोश्रो पटक लहानका जनताले अत्यधिक मत दिएर मलाई जिताउनु भएकोमा धन्यवाद समेत ज्ञापन गर्दै चुनावी प्रचार प्रसारको क्रममा जनतासंग गरेका सम्पूर्ण प्रतिवद्धता पुरा गर्ने विश्वास व्यक्त गर्नुभयो । समृद्ध सम्पन्न र सुन्दर लहान बनाउने प्रतिवद्धतामा लहानवासी विश्वास गरेर मतदान गरेकोमा त्यो विश्वासलाई सधै कदर गर्नेछु भन्दै निर्वाचित नगरप्रमुख साहले २०५४ सालमा १० वाटा वाडा रहेको लहान नगरपालिका अहिले २४ वाटा वाडामा विस्तार भएकोले चुनौती समेत रहेको छ । आईपर्ने चुनौतीको सामना गर्न अरु दलहरुसंग सहमतीय र सहकार्यको लागि सधै तयार रहने उहाँले पटक पटक दोहराउनुभयो । 

लहान नगरपालिकाको घोषित परिणाम अनुसार नेकपा एमालेवाट  मुनि साह , नगर उप प्रमुखमा सरियार चौधरी , वाडा अध्यक्षहरुमा क्रमशः ५ मा सुलेमान अन्सारी , ९ मा प्रदिप चौधरी , १० मा मन्टी कुमार मण्डल , ११ मा राजकुमार साह , १३ मा ईश्वर बस्नेत , १७ मा प्रथम लाल चौधरी , १८ मा मोहम्मद शमशेर , १९मा मोहम्मद हकिम र २४ मा कमलदेव यादव निर्वाचित हुनु भएको हो । नेपाली काँग्रसवाट वाडा अध्यक्षहरुमा क्रमशः १ मा फागु चौधरी , २ मा सियाराम यादव , ३ मा राम दयाल महतो , ६ मा अरुण कुार पोखरेल , १२ मा वद्री नारायण चौधरी , १४ मा महेश श्रेष्ठ , १६ मा गरुल वाहादुर जर्घा मगर र २३ मा कन्हैया प्रसाद गुप्ता रहेका छन । संघिय समाजवादी फोरम नेपालवाट वाडाहरुमा क्रमशः ४ मा रामनाथ पण्डित , ७ मा रोशन गुप्ता , ८ मा विजय कुमार महतो र २२ मा विन्देश्वर यादव निर्वाचित हुनु भएको हो । नेकपा माओवादी केन्द्रवाट क्रमशः २० मा गणेश कुमार चौधरी र २१ मा हेमन्त कुमार यादव निर्वाचित हुनु भएको हो । निर्वाचित वाडा अध्यक्षहरुमा २०५४ सालको स्थानीय निर्वाचनमा समेत वाडा अध्यक्षमा निर्वाचित हुनु भएको अन्सारी र पोखरेलका अनुसार जनताले काम गर्न दिएको जिम्मेवारी पुरा गर्न दलीय स्वार्थभन्दा जनताको भावना वुझेर काम गर्ने प्रतिक्रिया दिनु भएको छ । 

सिरहा जिल्लाको सिरहा नगरपालिका वाहेक १६ स्थानीय तहको परिणाम आईसकेको जिल्ला निर्वाचन कार्यालय सिरहाले जानकारी दिएको छ । जिलला निर्वाचन अधिकृत ईन्दिरा यादवको अनुसार ६ स्थानीय तहमा नेकपा माओवादी केन्द्र  चार स्थानीय तहमा नेकपा एमाले , चार स्थानीय तहमा संघिय समाजवादी फोरम नेपाल दुई स्थानीय तहमा नेपाली काँग्रेस जित हासिल गरिसकेको छ भन्ने सिरहा नगरपालिकामा मतगणना अन्तिम चरणमा रहेको छ । नेकपा माओवादी केन्द्रवाट क्रमशः कर्जन्हा नगरपालिकामा  नगरप्रमुख र उप प्रमुखमा  गंगा पासवान , ज्ञानु श्रेष्ठ , मिचैया नगरपालिकामा  श्रवण कुमार यादव , जिवछी देवी ,गोल वजार नगरपालिकामा देव नाथ साह , रेश कुमारी थापा , धनगडीमाई नगरपालिकामा हरिनारायण चौधरी , फूल कुमारी श्रेष्ठ , गाँउपालिकाहरुमा क्रमशः अर्नमामा ठक्कु महतो , सियावती मुखिया , औरहीमा सिद्धार्थ यादव र संघिय समाजवादी फोरमवाट सिता कुमारी निर्वाचित भएका छन । 

नेकपा एमालेवाट नगरपालिका प्रमुख उपप्रमुखमा क्रमशः लहानमा मुनि साह , सरियार चौधरी , सुखिपुरमा राम औतार यादव , रेणु साह,  सखुवा नन्कारकटीमा केदार नाथ यादव , अमला देवी यादव र नरहामा राम शरण यादव , गुलाव देवी चौधरी चुनिएका छन । संघिय समाजवादी फोरम नेपालवाट बरियारपटि गाँउपालिकाको अध्यक्षमा सन्तोष कुमार महतो ,रेखा कुमारी यादव , भगवानपुर गाँउपालिकाको अध्यक्षमा वेचन प्रसाद यादव उपाध्यक्षमा सिता देवी यादव , विष्णुपुर गाँउपालिकाको अध्यक्षमा जागेश्वर यादव , उपाध्यक्षमा अरुलहा देवी सिंह , लक्ष्मीपुर पतारी गाँउपालिकाको अध्यक्षमा राम वल्लभ साह र उपाध्यक्षमा आसा देवी यादव विजयी भएका छन । नेपाली काँग्रेसवाट नवराजपुर गाँउपालिकामा अध्यक्षमा विश्वमोहन यादव , उपाध्यक्षमा शोभा कुमारी यादव कल्याणपुर नगरपालिकामा नगर प्रमुखमा सुर्य नाथ मण्डल र उप प्रमुखमा रोहिणी कुमारी यादवले जित हात पारेको सरगम सहकर्मी जिवछ उदासीले जानकारी दिएका छन् । 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.