शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
मुस्लिमसँग प्रेम गरेको भन्दै १८ वर्षीया युवतीलाई सामाजिक बहिष्कार
आश्वीन १२, २०७४ | सरगम खबर समाचारदाता

२०७४ , सिरहा, ११ असाेज   |   
मुस्लिम युवकसँग प्रेम गरेको भन्दै सिरहामा एक युवतीलाई सामाजिक बहिष्कार गरिएको छ ।  धनगढीमाई नगरपालिकामा २ भवानीपुर बस्ने १८ वर्षीया रमिता सदायलाई एक हप्तादेखि गाउँमा पानी खान समेत दिइएको छैन् ।  दलित समुदाय भित्रकै किरव ४० घर परिवार रहेको सदाय समुदायले रमितालाई उनकै घरमा नाकाबन्दी गरेर राखेका छन् ।आफ्नै घर छेऊमै रहेको सार्वजनिक टुवेलमा समेत पानी प्रयोग गर्न दिइएकाे छैन उनलार्इ । रमिताले घर छेउको पानी प्रयाेग गर्न नपाएपछि एक किलोमिटरको दुरीमा रहेको चौधरी गाउँबाट पानी ल्याएर जुराजा गरेकी छन् । उनलाई अरुको घरमा जान र अरु पनि उसको घरमा जान प्रतिबन्ध लगाइएको छ ।


उक्त गाउँको अगुवा श्यामसुन्दर सदाय र पलास देवी सदायको अगुवाइमा युवतीलाई सामाजिक बहिष्कार गरिएको हो । आफूलाई हरुवाचरुवाहरुको जिल्ला सचिवको परिचय दिने श्यामसुन्दरले प्रधानमन्त्री यस गाउँमा आएपनि आफूले गरेको निर्णय फिर्ता नलिने बताएका छन् । र उनले गाउँका कसैले पनि रमितालार्इ पानी  दिए उनीहरूलार्इ पनि सामाजिक बहिस्कार गर्ने चेतावनी दिएका छन् । धनगढीमाई नगरपालिका २ धनगडा बस्ने मुस्लिम युवक मो. नसिरसँग प्रेम गरेको युवती ८ महिनाको गर्भवती छन् । तर, युवतीलाई गर्भवती बनाएर मो. नसिर फरार छन् । अामा नभएकी रमिताका बाबु कुस्मा सदाय बिरामी छन् । दाजु भाउजुसँग बस्दै अाएकी रमितालार्इ घरमा नराख्न उनका दाजु सन्जित सदायलार्इ गाउँलेले ठूलाे दबाव अाएका छन् । 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.