शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
केपी ओलीको घरको गेटमा बम विस्फोट
मंसिर ९, २०७४ | सरगम खबर समाचारदाता

झापा २०७४ मङ्सिर ९ - 
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको झापामा रहेको घरको गेटमा बम विस्फोट भएको छ । आज शनिबार बिहान ४ बजेतिर झापाको दमक नगरपालिका–५ मा रहेको ओलीको घरको पूर्वी गेटमा विस्फोट भएको हो ।विस्फोटबाट गेटमा सामान्य क्षति भएको छ । यस्तै त्यहिँ नजिकै अर्को विस्फोटक पर्दाथ पनि भेटिएको छ । त्यसलाई सुरक्षाकर्मीले घेराहालेर राखेका छन् ।विस्फोटक पदार्थलाई निष्क्रिय पार्नका लागि बम डिस्फोजल टोली जाँदैछ । घटनाका बारेमा थप विवरण आउन बाँकी रहेको छ । 

त्यस्तै झापाको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका उम्मेदवार तथा नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाको घरमा शुक्रबार राति बम विस्फोट भएको छ ।अर्जुनधारा नगरपालिका–७ मा रहेको थापाको घरको परिसरमा विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटका कारण थापाको चुनाव प्रचारमा प्रयोग गरिएको बा ७ च ६८९५ नम्बरको गाडीमा क्षति पुगेको छ ।विस्फोटका कारण मानिसलाई भने केही नभएको प्रहरीले जनाएको छ । 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.