शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
वाम गठबन्धनको चुनावी कार्यालयमा बम विष्फोट
मंसिर ९, २०७४ | सरगम खबर समाचारदाता

लहान २०७४ मङ्सिर ९ - 
सिरहाको मिर्चैयास्थित वाम गठबन्धनको चुनावी कार्यालयमा बम विष्फोट भएको छ । मिर्चैया नगरपालिका–६, मा रहेको वाम गठबन्धनको चुनावी प्रचारप्रसार कार्यालयमा बम विष्फोट भएको हो ।सिरहा क्षेत्र नं. ४ को चुनावी प्रचारप्रसारको कार्यालयमा शुक्रबार बेलुकीे कुकर बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।विष्फोटबाट कुनै मानवीय क्षति नभएको प्रहरीको भनाइ रहेको छ । विष्फोटले गर्दा कार्यालयको भित्तामा समान्य क्षति पुगेको सिरहा जिल्ला प्रहरी प्रमुख शेखर कोइरालाले जानकारी दिनुभयो ।प्रहरीले त्रसित गर्नका लागि बम विष्फोट गराए हुन सक्ने जनाएको छ । स्थानीय बासिन्दा प्रदिप साहको घरको माथिल्लो तल्लामा रहेको चुनावी कार्यालयमा बम विष्फोट भएको थियो । घटनास्थलमा जनतान्त्रिक तराईमुक्ति मोर्चा (क्रान्तिकारी) को पम्पलेट फेला परेको छ ।चुनाव नजिकिँदै जाँदा जिल्लाको सुरक्षा व्यवस्था कडा नहुँदा बम विष्फोट भएको स्थानीय बासिन्दाको आरोप छ । चुनावको पूर्व सन्ध्यामा प्रहरी कार्यालय अगाडि नै बम विष्फोट भएकोले चुनौति बढेको छ । एक्कासी ठूलो आवाजमा बम विस्फोट हुँदा स्थानीयबासी त्रसित भएका थिए ।

त्यसैगरी, सिरहा क्षेत्र नं. २ को चुनावी प्रचारप्रसार अभियानमा रहेको संघीय समाजवादी फोरमका उम्मेदवार सत्रुधनप्रसाद सिंह कोइरीको कार्यकर्ता चढेको बा ३ च ७६६१ नम्बरको गाढीमा बम फेला परेको छ । चुनावी प्रचारको क्रममा धनगढीमाई नगरपालिका–७ मा पुगेर गाडी राखी घरदैलोमा गएको वेला पहिचान नभएका व्यक्तिले बम राखेको कोइरीले बताउनुभयो ।उनका अनुसार घरदैलोमा रहेको वेला पर्चा सकिएर आफ्नो कार्यकर्ता गाडीमा पर्चा लिन जाँदा झोलामा शंकास्पद वस्तु भेटिएको थियो ।जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख शेखर कोइरालाले झोलामा देखिएको  शंकास्पद वस्तु प्रेशर कुकर बम रहेको पुष्टि गर्नुभयोको छ। उक्त बम लाई सेनाको डिस्पोजल टोलीले घटनास्थलमा पुगी डिस्पोजल गरेको उहाँले बताउनुभयो । घर दैलो जाने क्रममा उक्त गाडीमा ५ जना फोरमका कार्यकर्ताहरु सवार थिए। 

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.