शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान सिटि जेसिजको १६औ बार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न
पौष २, २०७४ | फिरोज शेख

लहान २०७४ पौष २ - 
लहान सिटि जेसिजको १६औ बार्षिक साधारण सभा तथा अधिवेशन गए राति सम्पन्न भएको छ। सम्पन्न अधिवेशनमा सर्व सहमतिले वर्ष २०१८ का लागि अध्यक्षमा उमेश चौधरी , कार्यकारीणी उपाध्यक्षमा कृष्णा रोनियार , अनिल महतो  , कानुनि सल्लाहकारमा , राजु मण्डल महासचिवमा वशन्त साह र कोषाधक्ष्यमा फिरोज शेख मनोनित भएका छन् । त्यस्तै उपाधक्ष्यमा सुमन गुप्ता , मनोज बनैता ,आयुस राज रोनियार ,कुमु चौधरी  रहेका छन I त्यस्तै जनसम्पर्क अधिकृतमा महेन्द्र साह , तालिम निर्देशकमा अमरेश कुमार महतो चयन भएका छन I वर्ष २०१७ का अध्यक्ष सत्य नारायण पन्जियारको अध्यक्षता तथा नेपाल जेसिजका कानुनि सल्लाहकार राजा बाबु साहको प्रमुख आतिथ्यमा भएको उक्त साधारण सभा तथा अधिवेशनका निर्वाचन अधिकृत शंकर प्रशाद गुप्ता रहेको थियो भने कार्यक्रम संयोजक वशन्त साह थिए I साधारण सभा तथा अधिवेशनमा लहान सिटि जेसिजमा आवध सम्पुन्र साधारण सदस्य देखि लिएर वर्ष २००२ देखि २०१६ सम्मका सम्पूर्ण पुर्व अध्यक्षहरुको उपस्तिथी रहेको थियो। 

यसै बीच सोहि अवसरमा लहान सिटि जेसिजका संस्थापक सदस्य राकेस रोशन गुप्ता स्थानीय निर्वाचनमा लहान नगरपालिका वाडा नम्बर ७ बाट निर्वाचित हुनु भएकोमा उहालाई सम्पूर्ण जेसीहरुले उक्त कार्यक्रमा सम्मान समेत गरेका छन्। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.