शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
चिसोले थप एकको मृत्यु , सिरहामा मृत्यु हुनेको संख्या ६
पौष २६, २०७४ | फिरोज शेख

फिरोज शेख लहान २०७४ पौष २६ - 
सोमबार र मंगलबार घाम उदाए पछि यहाका वासिन्दाले केहि राहत महसुस गरेता भएपनि आज बुधबार चिसो हावा संगै बाक्लो हुस्सोका कारण सिरहामा थप एकको मृत्यु भएको छ। आज बुधबार दिउसो सिरहाको धनगडीमाई नगरपालिका १२ पूर्वी टोल बस्ने ५८ वर्षीय खुसि लाल मुखिया मल्हाको  चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको स्थानीयवासी राम चन्द्र मलिकले जानकारी दिएका छन्।मालिकको अनुसार मल्हा विपन परिवारको रहेको  र न्यानो लुगाको अभावमा कठ्याङ्ग्रिएर मृत्यु भएको बताए। 

यसै बीच मल्हा संगै सिरहामा चिसो बाट मर्नेको संख्या ६ पुगेको छ। सिरहामा हालसम्म चिसो बाट मृत्यु हुने हरुमा लक्ष्मीपुर पतारी गाउँपालिका–६ सीतापुरकी ४१ वर्षीया माकोदेवी पासवान ,कल्याणपुर नगरपालिका घर भई सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वास्थित मामाघर आएकी ५ वर्षीया काजलकुमारी मण्डल , गोलबजार नगारपालिका–४ का शम्भु साहको ६ वर्षीय छोरा लभकुमार साह,गोलबजार–२ लालपुरका ७० वर्षीय रामप्रसाद महतो र धनगढीमाई नगरपालिका–७ कसहाका ५५ वर्षीय रामरतन महतो रहेका छन्।

अत्यधिक जाडोका कारण सिरहाको जनजीवन कष्टकर बनेको छ। बुधबार चिसो हावा संगै बाक्लो हुस्सो लागेकोले मोर्निग वल्क गर्ने मानिसहरुको संख्यामा कमि आउनुका साथै सवारी साधन र बजारमा सर्वसाधारणको उपस्थिति न्यून देखिएको छ। यता अस्पतालमा रुघा खोकी, ज्वरो, कोल्ड डायरिया लगायतका बिरामी बढेका छन् । 

यता बुधबार सिरहाको बरियारपट्टी गाउपलिकामा अत्यधिक चिसोका कारण जता ततै हिऊ ( वर्फ ) जमेको छ। सिरहा बरियारपट्टी निवासी संजय राजले दिएको जानकारी अनुसार बरियारपट्टी बजार क्षेत्र लगायत बिभिन्न ठाउमा पानि जमेर हिऊ ( वर्फ ) जमेकोले त्यहाका दलित बिपन्न परिवारका करिब २५ घरधुरी प्रभावित भएका छन्।विगत दुइ साता देखि बढेको चिसोका कारण त्यहाका दलित परिवारहरु एउटा कम्बलको भरमा घरका सम्पूर्ण सदस्यहरु अति कष्टकर जीवन बिताउन बाध्य भएको र बिभिन्न संघ - संस्था संगै स्थानीय निकायमा समेत जानकारी गराउदा हाल सम्म कुनै राहत उपलब्ध नभएको संजयले बताए। 

 

 

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.